

कृष्णसार अनलाइन । बर्दियामा बहिनीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दाइलाई पक्राउ गरेको छ । १४ वर्षीया बहिनीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २४ वर्षीय दाइलाई पक्राउ गरेको हो ।

पीडित बालिकालाई ठूला बुवाको छोरा दाइले ०८१ भदौ ५ गते जबरजस्ती करणी गरेपछि गर्भ रहन गएको थियो । गर्भ रहेको सार्वजनिक भएपछि मात्र दाइ नै जबरजस्ती करणी गरेको घटना बाहिर आएको थियो । घटना बाहिर आएपछि प्रहरीले माघ ३० गते नै आरोपित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भने माघ ३० गते दिन पीडित बालिकाको स्वास्थ्य परिक्षण समेत गरिएको छ ।
पीडिते जिल्ला प्रहरी कार्यालय, बर्दियामा पक्षले फागुन १ गते उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ऋषिराम घर्तिमगरले जानकारी दिनुभयो ।