Krishnasar_Dubble Ad
Barista_Training

जङ्गली हात्ती मृत अवस्थामा फेला 

Geruwa GIF

प्रकाश पौडेल , गुलरिया । बर्दियामा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ खैलार गाउँमा रहेको नजिकैको खेतमा हात्ती मृत अवस्थामा फेला परेको हो ।

Basgadhi PSA_final

बर्दिया राष्ट्रिय निकुञ्जले मृतक हात्ती करिब ३० वर्षका भाले भएको अनुमान गरेको छ । मृत हात्तीको शारीरिक अवस्था हेर्दा हात्ती बिरामी भएर प्राकृतिक कारणले मृत्यु भएको जस्तो देखिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामले बताउनु भयो ।

उहाँले  हात्तीको छालामा ससाना फोका उठेकोले अलि समस्या ग्रस्त पनि देखिएको छ । हात्ती पटक पटक गेरुवा देखि बबई चेपाङसमेत आउने जाने गरेको देखिएको छ । हात्ती प्रायः हिँडिरहने भएकोले चोट लागेर स्वास्थ्य अवस्था बिग्रेको पनि हुन सक्छ ।’पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण थाहा हुने बताउनु भयो । 

मृत हात्तीको पोस्टमार्टम गरी अन्त्येष्‍टि समेत भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page