Krishnasar_Dubble Ad
Barista_Training

अदालतमा सफ्टवेयर प्रणाली मार्फत मुद्दाको पेशी

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दिया जिल्ला अदालतमा फरक मुद्दा व्यवस्थापनको प्रवाहकारी कार्यान्वयन भएको पाइएको छ ।  सफ्टवेयर प्रणाली मार्फत मुद्दाको पेशी तोकिने हुँदा फरक मुद्दा व्यवस्थापनको प्रवाहकारी कार्यान्वयन भएको पाइएको हो ।

अदालतमा विभिन्न खालमा मुद्दाहरू दर्ता हुने गर्दछन् । मुद्दाको प्रकृति अनुसार अदालतमा  देवानी, सरकारवादी फौजदारी र दुनियाँवादी फौजदारी मुद्दाको वर्गीकरण  हुन्छ ।  मुद्दामा वर्गीकरण भएपछि न्यायमा सबैको समान पहुँच पुर्याउन फरक मुद्दा व्यवस्थापनलाई कार्यान्वयनलाई  गर्न मुद्दालाई सफ्टवेयर प्रणाली राखिने तथा सफ्टवेयर नै मुद्दाको पेशीको मिति तोक्ने  अदालतका श्रेस्तेदार कपिल पौड्यालले बताउनु भयो ।

उहाँले मुद्दाको प्रकृति अनुसार  निहित रहेको कानुनी प्रश्न, विषयवस्तुको गाम्भीर्यता, संलग्न पक्ष, अवलम्बन गरिने कार्यविधि एवम् मुद्दाको प्राथमिकता समेतलाई ध्यानमा राखेर मुद्दाको समूह निर्धारण गर्ने गरिएको बताउनु भयो ।  निर्धारित गरिएको  समूहको आधारमा समय सीमाभित्र न्यायिक प्रक्रिया सम्पन्न गर्न फरक मुद्दाका लागि फरक मुद्दा व्यवस्थापन पद्धतिले  काम गर्ने  समेत जानकारी दिनुभयो ।

Basgadhi PSA_final

उहाँले सफ्टवेयर प्रणालीबाट सञ्चालित यस पद्धतिले न्यायिक कामकारबाहीको नियन्त्रण र निरन्तर अनुगमनको अवसरको सिर्जना हुने, तथा न्यायिक प्रक्रियालाई सहभागितमूलक र पारदर्शी समेत मदत पुग्ने बताउनु भयो ।

देवानी, सरकारवादी फौजदारी र दुनियाँवादी फौजदारी मुद्दा सरल भएमा ६ महिनामा फछर्यौट हुने, देवानी, सरकारवादी फौजदारी र दुनियाँवादी फौजदारी मुद्दा सामान्य प्रकृतिको भएमा १२ महिनामा फछर्यौट हुने र देवानी, सरकारवादी फौजदारी र दुनियाँवादी फौजदारी मुद्दा  विशेष प्रकृतिको भएमा १८ महिनामा फछर्यौट हुने कानुनी व्यवस्था रहेको छ । तर कहिलेकाहीँ मुद्दाको प्रकृति अनुसार आवश्यक पर्ने कानुनी प्रमाणहरू ढिलो आइपुग्दा भने मुद्दा फछर्यौट हुने अवधीमा फरक पर्ने गरेको अदालतले जनाएको छ ।

सफ्टवेयर प्रणाली मार्फत फरक मुद्दा व्यवस्थापन मुद्दाको पेशी तोकिने हुँदा समग्रमा न्याय सम्पादनको कार्य छिटोछरितो गुणस्तरीय, सहज पहुँच योग्य र प्रभावकारी हुन गई अदालत प्रतिको जनविश्वास बढ्ने बार एशोसियसनका निवर्तमान अध्यक्ष कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले कानुनले निर्धारण गरेका कार्यविधि, मुद्दाको कारबाही र किनारा गर्न निर्धारण गरेको समयावधि, मुद्दामा प्रतिवादीको सङ्ख्या, लगाउ मुद्दाको सङ्ख्या, म्याद तामेल गर्नुपर्ने अवस्था तथा मुद्दा व्यवस्थापनका आधारमा मुद्दाको फैसला हुने गरेको  जानकारी दिनुभयो । कानुनले कानुनी  कारबाहीको क्रममा निश्चित आधारहरू सिर्जना भएमा मार्ग परिवर्तन हुन सक्ने व्यवस्था समेत गरेको छ ।

मुद्दाको प्रकृति समेतका आधारमा निर्धारित सरल, सामान्य र विशेष मार्ग समूह बमोजिम मुद्दा दर्तादेखि फैसलासम्म सम्पादन गर्नुपर्ने कार्यका लागि लाग्ने समय र मितिसमेत उल्लेख गरी सफ्टवेयर मार्फत कार्यतालिकाको निर्माण हुने र त्यस्तो कार्यतालिकामा सम्बन्धित पक्षको सहीछाप गराई सोको प्रमाणित प्रति मिसिल संलग्न राखी एक प्रति सम्बन्धित पक्षलाई उपलब्ध गराउनुपर्ने  कानुनी व्यवस्था रहेको छ ।

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page