Krishnasar_Dubble Ad
Barista_Training

सडक दुर्घटनामा एक महिला घाइते

Geruwa GIF
Basgadhi PSA_final

कृष्णसार अनलाइन । बर्दियामा भएको सडक दुर्घटनामा एक महिला घाइते हुनु भएको छ ।  सडक दुर्घटनामा मधुवन नगरपालिका– ५ की ४५ वर्षीया कविता परियार घाइते हुनु भएको हो । 

पैदलयात्री परियारलाई बुधबार बिहान ८ बजे  ट्याक्टरले  खुट्टामा किच्दा घाइते भएको जिल्ला ट्राफिक कार्यालय बर्दियाले  जनाएको छ । उखु लिएर राजापुरदेखि गुलरिया आउँदै गरेको ट्याक्टरले महिलालाई किचेको स्थानीय भावेश भाटले बताउनु भयो  । उहाँले भन्नुभयो, ‘दुर्घटना भएको  ट्याक्टर  नहरमा खसेको छ भने घाइते परियारको उपचार  नेपालगन्जमा  भइरहेको प्रहरीले जनाएको छ ।’ 
 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page