Krishnasar_Dubble Ad
Barista_Training

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते 

Geruwa GIF

 कृष्णसार अनलाइन । बर्दियामा भएको सडक दुर्घटनामा एक जनाको पुरुषको मृत्यु भएको छ  । सडक दुर्घटनामा परी ठाकुरबाबा नगरपालिका – ३ का ६० वर्षीय दरवारीया थारूको मृत्यु भएको हो  ।  

Basgadhi PSA_final

बिहीबार साँझ करिब साढे सात बजेको समयमा भुरिगाउँबाट बनकट्टी जाँदै गरेको भे. १२ प ११०८ नम्बरको मोटरसाइकल दुर्घटना भएको थिए । दुर्घटना भएको मोटरसाइकल ठाकुरबाबा नगरपालिका – ३ का ६० वर्षीय माक्खुराम थारू चलाएको  र दरवारी थारु सवार रहेको जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायब उपरीक्षक ऋषिराम घर्तिमगरले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ उपचारको क्रममा मोटर साइकलको पछाडि बसेका दरवारीको अस्पतालमा उपचारको क्रममा मृत्यु   भएको छ । भने मोटर साइकल चालक माक्खुरामको थप उपचारको मेडिकल कलेज कोहलपुर पठाइएको छ ।’

मोटरसाइकल दुर्घटना भएको विषयमा प्रहरीले थप अनुसन्धान गरी रहेको प्रहरी नायब उपरीक्षक घर्तिमगरले जानकारी दिनुभयो  । 

 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page