

कृष्णसार अनलाइन । प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेकी सांसद शान्ति चौधरीले बर्दिया अस्पताल गुलरियामा रहेका एचडियू तथा आइसीयु सेवा सञ्चालनमा गर्नका दक्ष जनशक्ति माग गर्नु भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद चौधरी ३ वर्ष अगाडि निर्माण भएको एचडियू तथा आइसीयु सेवा जनशक्ति अभावले सञ्चालन हुन नसकेको भन्दै सभामुख मार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको ध्यान आकर्षण गर्नु भएको थियो ।
उहाँले भन्नुभयो,‘ बर्दिया अस्पताल न्यनतम सेवा मापदण्डमा लुम्बिनी प्रदेशको पहिलो अस्पताल हो । दैनिक सयौँको सङ्ख्यामा उपचार हुने गरेको अस्पतालमा एचडियू तथा आइसीयु सञ्चालन हुन नसक्दा आइसीयुको राख्नुपर्ने बिरामीहरू नेपालगञ्ज, कोहलपुर र भारत समेत जानुपर्ने बाध्यात्मक अवस्था रहेको छ । बाध्यात्मक अवस्था अन्त्य गर्न ठोस पहल सहित समस्या समाधान गर्न सम्माननीय सभामुख मार्फत माननीय स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गर्न चाहन्छु ।’