Krishnasar_Dubble Ad
Barista_Training

बोहोराको हत्या गरेको आरोपमा भिनाजु र भिनाजुको बुहारी पक्राउ 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया  । बन्दकोठाभित्र राधा बोहोराको हत्या गरी घरभित्र शव राखी बाहिरबाट ताला लगाएको  आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ  । पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका –१ का बोहोराका आफ्नै भिनाजु ६९ वर्षीय शान्तबहादुर खत्री र उनकी बुहारी २४ बर्षिया उमाकुमारी खत्रीलाई  प्रहरीले पक्राउ गरेको हो ।

भुरिगाउँ बजार नजिक रहेको आफ्नै घरमा गत फागुन ४ गते बोहराको शव फेला परेको थियो । प्रहरीले लाश फेला पारेपछि घटना स्थलमा तालिम प्राप्त कुकुरसहित अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्ती मगरले बताउनु भयो । हालसम्म लेनदेन र घरायसी दुस्मनीको कारणले हत्या भएको भन्ने अनुसन्धानमा खुल्न आएको बताउनु भयो । 

Basgadhi PSA_final

हत्यामा संलग्न भएको पुष्टि भएपछि बर्दिया अदालतबाट फागुन १५ गते पक्राउपुर्जी जारी गरी उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । 

मृतक बोहोराको शव घरको सुत्ने कोठामा बाँसको खामोमा बाँधेको अवस्थामा फेला परेको थियो । प्रहरीले शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाइ अनुसन्धान सुरु गरेको थियो । 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page