Krishnasar_Dubble Ad
Barista_Training

जबरजस्ती करणी गरेको कसुरमा ७ वर्ष कैद सजायको फैसला

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा ३८ वर्षीया महिलालाई जबरजस्ती करणीको गरेको कसुरमा जिल्ला अदालतले बढैयाताल –४ बुटाहा खैरेनीका ५५  वर्षीय हाकिम थारूलाई ७ वर्ष कैद सजायको फैसला गरेको छ ।

Basgadhi PSA_final

बर्दिया जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८१ फागनु २२ गतेको इजलासले कसुर ठहर गर्दै ७ वर्ष कैद सजाय, तीन लाख रुपियाँ जरिवाना, ५० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका शाखा अधिकृत एवम् सूचना अधिकारी अमृता के.सीले जानकारी दिनुभयो ।

बालिकालाई ०७९ पुष २५  गते जबरजस्ती करणी गरेको भन्दै पीडित पक्षले पुष २७ गते इलाका प्रहरी कार्यालय, मैनापोखरमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई चैत्र २४  गते पक्राउ गरेको थियो । 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page