

कृष्णसार अनलाइन । बर्दियामा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको कसुरमा जिल्ला अदालतले बाँसगढी नगरपालिका –४ का २१ वर्षीय अस्बिनकुमार थारूलाई १८ वर्ष सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८१ फागुन २२ गतेको इजलासले कसुर ठहर गर्दै १८ वर्ष कैद सजाय, सात लाख रुपियाँ जरिवाना, ५० हजार रुपियाँ क्षतिपूर्ति र २८ हजार रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको जिल्ला अदालतका शाखा अधिकृत एवम् सूचना अधिकारी अमृता केसीले जानकारी दिनुभयो ।
बालिकालाई ०८० फागुन २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ३० गते इलाका प्रहरी कार्यालय, मोतिपुरमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई फागुन ३० गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण फागुन ३० गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।