bardiyahospital

जेष्ठ नागरीकलाई सम्मान

Geruwa GIF

गुलरिया ।
गुलरिया नगरपालिका ४ नं वडा कार्यालयले जेष्ठ नागरीकलाई सम्मान गरेको छ । वडा कार्यालयले वडा भित्रका जेष्ठनागरीकलाई बल्याङ्केट दिएर सम्मान गरेको हो ।
सम्मान पाउनेमा वडा भित्रका २ सय ७६ जना जेष्ठ नागरीकहरु रहनु भएको थियो । उहाँहरुलाई टिका लगाएर र बल्याङ्केट दिएर सम्मान गरीएको हो ।

cld

गुलरिया नगरपालिका ४ नं वडाका वडाध्यक्ष रामबहादुर रावलले कोरोनाको कारणले बल्याङ्केट वितरणमा ढिलाई भएको बताउनु भयो । उहाँले भन्नुभयो –‘कोरोनाको समस्या नभएको भए केही समय पहिला नै जेष्ठनागरीकलाई सम्मान गरीसकिने थियो ।’

सम्मान कार्यक्रममा बोल्दै गुलरिया नगरपालिका २ नं वडाका वडाध्यक्ष टंकप्रसाद अधिकारीले नेकपा एमालेले सुरु गरेको सामाजिक सुरक्षा भत्ताले गर्दा जेष्ठनागरीकलाई राहत भएको बताउनु भयो । उहाँले उमेर बढेसँगै उपेक्षित हुने जेष्ठनागरीकहरु सामाजिक सुरक्षा भत्ता पाएर जिविकोपार्जन गरीरहेको बताउनु भयो ।
गुलरिया नगरपालिका वडा नं ५ की वडाध्यक्ष सावित्रा गौतमले गत बर्ष सम्म आफ्नो वडाले जेष्ठनागरीकलाई सम्मान कार्यक्रम राखेको भएपनि यस बर्ष राख्न नसकेको बताउनु भयो ।

 

गुलरिया नगरपालिकाका वरिष्ठ शाखा अधिकृत मुकुन्द अर्यालले जेष्ठनागरीकको सम्मानको लागि आयोजना गरीएको कार्यक्रमको प्रशंसा गर्नुभयो । उहाँले गुलरियाको राधाकृष्ण चोक देखि बगही सम्म बन्न लागेको दुईलेनको बाटोलाई चारलेनको बनाउनमा ४ नं वडाका वडाध्यक्षको महत्वपुर्ण योगदान रहेको बताउनु भयो । उहाँले भन्नु भयो –‘वडाध्यक्षको पहल नभएको भए बाटो स्विकृत भएअनुसार साँगुरो नै बन्थ्यो, उहाँले जिल्ला देखि केन्द्र सम्म पहल गरेर बाटो चार लेनको बनाउने योजना स्विकृत गराउनु भयो, नेताले गर्ने भनेको यही हो ।’
सम्मान पाएपछि जेष्ठनागरीकहरु हर्षित भएका थिए । उनीहरुले वडा नं ४ ले हरेक बर्ष जेष्ठनागरीकहरुलाई सम्मान गर्ने कार्यक्रम राख्दै आएका बताएका छन् ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.