bardiyahospital

दाङको प्लाई उद्योगको आगो निभाउन बाहिरी जिल्लाका दमकल पुगे

Geruwa GIF

दाङ। दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साँग्रिला प्लाई उद्योगमा लागेको आगो नियन्त्रणकालागि बाहिरी जिल्लाबाट मगाईएका दमकल दाङ पुगेका छन् ।

कपिलबस्तु र नेपालगञ्जबाट दमकल आएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी बरिष्ठ उपरीक्षक जनार्दन जीसीले बताए । उनका अनुसार दाङका दुई वटा र बाहिरी जिल्लाबाट आएका दुई वटा दमकल प्रयोगमा आएका छन् ।

cld

आगो नियन्त्रणको प्रयास जारी छ । बस्तिमा आगो नजाओस्, भनेर दमकलले स्काभेटरले आगो लागेको ठाउँको धुम्को फुटाईएको छ । कम्पाउन्ड पनि भएकाले बाहिरी आगो जान सक्ने अबस्था भने टरेको उहाँको भनाई छ ।

गए राति करिब २ बजेदेखि आगलागी सुरु भएको हो । अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीयले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । क्षतिको विवरण आउन बाँकी रहेको छ । मानविय क्षति भने छैन ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.