bardiyahospital

गुलरिया नगरक्षेत्रका छ सय ५५ घरबाट खरको छाना विस्थापित गरिने

Geruwa GIF

बर्दिया। नेपाल सरकारले सुरु गरेको सुरक्षित नागरिक आवास अन्तर्गत बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा यस आर्थिक वर्षमा छ सय ५५ घरबाट खरको छाना विस्थापित गरिने भएको छ ।

नागरिकलाई नागरिकको घरबाट खरको छाना विस्थापित गराई जस्ताको छानामुनी ल्याउने नेपाल सरकारको उद्देश्य बमोजिम सुरक्षित नागरिक आवास अन्तर्गत छ सय ५५ घरमा जस्ता गराई खरको छाना विस्थापित गरिने भएको हो

cld

यसअघि आर्थिक वर्ष ०७७।०७८ मा दुई सय ५० वटा घर निर्माण भएका थिए भने आर्थिक वर्ष ०७८।०७९ मा दुई सय ८० घर निर्माण भएका थियो ।

न्यून आय भएका र लक्षित वर्ग अन्तर्गतका नागरिकहरूका लागि सुरक्षित नागरिक आवास कार्यक्रम कार्यविधि २०७५ को परिच्छेद दुईको दफा तीन र चारको उद्देश्य अनुरूप खरको छाना भएका परिवारलाई जस्तापाताको छानामुनी ल्याउने उद्देश्य अनुरूप सुरक्षित आवास निर्माण गरिने भएको हो ।

विगतका वर्षमा भन्दा यस आर्थिक वर्षमा सुरक्षित आवासको सङ्ख्या बढेर आएकाले आफ्ना नागरिकहरूसँग आवेदन माग गरिएको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताउनुभयो । खरको छाना विस्थापित गरेर टिनको छानामुनि ल्याउने नेपाल सरकारको कार्यक्रम अन्तर्गत यस वर्ष छ सय ५५ घर निर्माणका लागि आवेदन माग गरिएको छ।

आवेदनमा छनोट भएका नागरिकले प्रति घर परिवार ७५ हजार पाउने छन् । नागरिकले पाउने ७५ हजारमध्ये पहिलो किस्ता बापत ४५ हजार र जस्तापाता लगाएर घर पुरा भएपछि ३० हजार गरी कुल ७५ हजार पाउने गुलरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रूपसिंङ खत्रीले बताउनुभयो ।

सुरक्षित आवास निर्माणका लागि गुलरिया नगरपालिकालाई कुल चार करोड ९१ लाख २५ हजार खर्च हुने देखिएको छ जसमध्य २८ लाख निकासा भएको छ भने बाकी बजेट निकासा गर्न सङ्घीय सरकारसँग पत्राचार गरिएको नगरपालिकाले जनाएको छ ।

विगतका वर्षमा खरको छाना विस्थापित गरी टिनको छाना पाएका स्थानीय रेश्मा नाउँले भने सरकारले विपन्नलाई गरेको सहयोग सराहनीय भएको र आफूले खरको छना विस्थापित गरी जस्तापाता लगाए पछि आफूहरूलाई सजिलो भएको बताउनुभयो ।

गाेरखापत्र अनलाइनबाट

online dubble sclaed
Leave A Reply

Your email address will not be published.