bardiyahospital

पत्रकार रजकको मृत्युको विरोध गर्दै शोक सभा 

Geruwa GIF
बर्दिया ।
एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै नेपाल पत्रकार महासंघ बर्दिया शाखाले शोक सभा गरेको छ । गुलरियाको राधाकृष्ण चोकमा शोकसभा गर्दै घटना प्रति घोर भत्र्सना प्रकट गरेको छ ।
cld
मृतक पत्रकार रजकको आत्माको चिर शान्तीको कामना गर्दै शोक सभामा एक मिनेट मौन धारण गरिएको छ । कार्यक्रमका सहभागी पत्रकार, बारएसोसियसन र नागरीक समाजका अगुवाहरूले तस्वीरमा टिका लगाई हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छन् ।
शोक सभामा बोल्दै बार एसोसियसन बर्दियाका अध्यक्ष खडानन्द तिवारीले  शान्तिपुर्ण आन्दोलनको नाममा पत्रकार माथी भएको आक्रमण  निन्दनिय भएको बताउनु भयो । नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले जनतालाई सुसुचित गराउनका लागि खटिएको पत्रकारलाई जिउँदै जलाएर मारेको घटना प्रति घोर भत्र्सना व्यक्त गर्दै दोषी माथी कडा भन्दा कडा कारवाही गर्न सरकार समक्ष माग गर्नुभएको छ । उहाँले पत्रकार रजक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना प्रक्रट गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ बर्दिया शाखाले स्थापना दिवसको अवसरमा गर्ने भनिएको सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । मृतक पत्रकार रजकको सम्झनामा आज साँझ गुलरियाको राधाकृष्ण चोक लगाएत बर्दियाका मुख्य शहरहरूमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।
online dubble sclaed
Leave A Reply

Your email address will not be published.