bardiyahospital

लामिछानेलाई भैरहवा लगियो

Geruwa GIF

कृष्णसार अनलाइन । शुक्रबार राति घरबाट पक्राउ परेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ । प्रहरीले यती एयरलाइन्सको विमान मार्फत लामिछानेलाई भैरहवा लगेको हो ।

शुक्रबार राति भद्रकाली स्थित जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको थियो । भने बिहान साढे ७ बजे लामिछानेलाई विमानस्थलबाट भैरहवा लगिएको हो ।

cld

संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि राति प्रहरीले बूढानीलकण्ठस्थित निवासबाटै लामिछानेलाई नियन्त्रणमा लिएको थियो । बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटी माग गरेको थियो । उक्त आदेश उल्ट्याउँदै उच्चले थुनामा पठाउने आदेश दिएको हो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.