
गुलरिया । बर्दियामा लागु औषध सहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बर्दिया जिल्लामा एकै दिनमा ४ जना युवा ब्राउन सुगर सहित पक्राउ परेका हुन् ।
बढैयाताल गाउँपालिका वडा नं १ बस्ने ३५ वर्षिय सुमित शाही र ३० बर्षिय अनिल थापा बुधबार पक्राउ परेका छन् । उनीहरू बढैयाताल गाउँपालिका वडा नं २ फुटाहा चेकपोष्टबाट भारतबाट नेपाल तर्फ साइकलमा आउँदै गर्दा पक्राउ परेका थिए । उनीहरुको साथबाट ८१० मिलिग्राम ब्राउन सुगर, २२ हजार पाँच सय ब्राउन सुगर, दुई थान मोवाईल र उक थान साइकल बरामद भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी गुलरिया नगरपालिका वडा ८ बस्ने २५ बर्षिय दिनेश चौधरी र वडा नं ७ बस्ने राजकुमार अहिरलाई १ ग्राम २० मिलिग्राम ब्राउन सुगर र नगद तीन हजार छ सय ४६ रुपियाँ नगद सहित कुसुम्बाघाट पुल देखि घोपिट्टा तर्फ पैदल जाँदै गर्दा प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय मैनापोखर र इलाका प्रहरी कार्याल बानियाभारमा राखी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक ऋषिराम घर्तीमगरले बताउनु भयो ।


