
यज्ञप्रसाद सापकोटा, बर्दिया । प्रथम नेपाल खो खो लिग प्रतियोगिताको उपाधी नेचर नेष्ट टाइगर्सले पाएको छ । नेचर नेष्टले खो खो खेलमा ४६ अंक ल्याएको छ । आज भएको फाइनल खेलमा नेचर नेष्ट टाईगर्स र विकास प्रेमी ब्ल्याक बक बिच खेल भएको थियो । फाइनल खेलमा पराजित भएर दोस्रो भएको विकास प्रेमी ब्ल्याकबकले ४२ अंक प्राप्त गरेको थियो ।


प्रतियोगितामा प्रथम हुने नेचर नेष्ट टाइगर्सले शिल्ड सहित दुई लाख ५० हजार नगद पुरुस्कार पाएको छ भने दोस्रो हनु विकास प्रेमी ब्ल्याक बकले एक लाख ५० हजार नगद पुरुस्कार पाएको छ ।
नेपाल मै पहिलो पटक आयोजना गरिएको खो खो लिग प्रतियोगितामा ५ ओटा टिम विच प्रतिस्पर्धा भएको थियो । गत चैत २४ गतेबाट सुरु भएको खेलमा १४ ओटा खेल भएको नेपाल खो खो संघका केन्द्रिय उपाध्यक्ष छत्र बहादुर शाहीले बताउनु भयो ।
ठाकुरबाबा नगरपालिका खो–खो खेलका लागि उर्वर भुमि मानिन्छ । गत पुषको अन्तिम सातामा भारतको दिल्लीमा भएको विश्वकप खो–खो प्रतियोगितामा बर्दिया जिल्लाका मात्र १२ जना खेलाडी सहभागी भएका थिए । विश्वकप खो–खो प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । २०७० साल देखि ठाकुरबाबा नगरपालिकामा खो खो खेलको प्रवद्र्धन गर्न सुरु गरिएको थियो ।


