bardiyahospital

चरासँगै रमाउँदै शाही 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया ।  हरेक दिन  बिहानै फिक्का हरियो रङ्गको कपडा लगाएर एक हातमा लौरो एक हातमा क्यामेरा काँधमा बाइनाकुलर र पिठ्युमा झोला बोकेर निस्कनुहुन्छ रामबहादुर शाही । उहाँ कुनै सरकारी जागिरे होइन उहाँ पेशाले घुमन्तेलाई घुमाउने फिरन्ते हो । उहाँको काम नै बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आएका पर्यटकलाई घुमाउने हो । 

प्रकृतिमा मान्छेले झै चराले पनि बाँच्न पाउनु पर्छ भन्नुहुन्छ ठाकुरबाबा नगरपालिका –९ शिवपुरका ५१ वर्षीय रामबहादुर शाही । पेशाले प्रकृति पथ प्रर्दशक भएपनि पक्षीविज्ञ रुपमा परिचित शाही बर्दिया राष्ट्रिय निकुञ्जका सिनियर नेचर गाइड ( प्रकृति पद प्रर्दशक) पनि हो ।

cld

शाही ३२ वर्षदेखि निरन्तर वन्यजन्तुको संरक्षणमा लागिरहनु भएको छ । उहाँले निकुञ्ज घुम्न आउने पर्यटकलाई जङ्गल सफारी गराउने काम गर्नुहुन्छ । भने त्यस बाहेकको समयमा समुदाय र विद्यार्थीका बीचमा गएर वन्यजन्तु र चरा संरक्षणका बारेमा सचेतना जगाउने काम समेत गर्नुहुन्छ । उहाँको झोलामा हमेसा दुरबीन, चराको बारेमा लेखिएको पुस्तक हुने गर्छ । 

घरको वरिपरि चराका लागि भन्दै शाहीले विभिन्न प्रजाति फलफूलका बिरुवा रोप्नु भएको छ । उहाँ भन्नुहुन्छ, ‘ मानिसलाई झैँ चरालाई पनि आहारा चाहिन्छ, त्यही भएर घरको वरिपरि फलफूल लगाएको छु । कयौँ चराहरूले गुड समेत लगाएर बस्ने  गर्छन् ।’ चराको आवाज आउने बितीकै शाहीले चराको बारेमा बताउनु थाल्नु हुन्छ । भने उडिरहेको चरालाई अन्य नेचर गाइडले दुरबिन सहाराले हेरिरहँदा भने शाहीले दूरबीन बिना नै चराको बारेमा समेत सजिलै बताउन सक्नु हुन्छ । उडिरहेको चरा होस वा कुनै रुखको हाँगामा बसेर कराइरहेको चरा होस उहाँले चराको बारेमा सजिलै बताउन सक्नु हुन्छ ।

किताब किन्ने पैसा नभएपछि निराश भएर घर फर्के

चराको बारेमा रुचि बढेपछि शाहीले २०५० मा चराको बारेका लेखिएको किताब खोज्दै हिँड्नु भयो । शाहीले किताब खोज्दै जाँदा काठमाडौँको एक पुस्तक पसलमा किताब भेट्नु भयो । 

किताबको मूल्य अत्याधिक भएकोले शाहीले किताब किन्न सक्नु भएन । र निराश हुदैँ घर फकिनु भयो । उहाँले हिम्मत भने हार्नु भएन किताब जसरी पनि किन्ने सङ्कल्प गरेर पैसा जम्मा गर्न थाल्नु भयो ।‘ किताब खोज्दै जाँदा ठमेलमा आजभन्दा ३२ वर्ष अगाडि चरा सम्बन्धी लेखिएको क्यारोल इन्सकिपले एउटा मात्र किताब थियो । जसको मूल्य १६ हजार थियो , पैसा नभएकोले त्यो किताब किन्न सकिन्, र घर फर्के । २०५४ मा सोही पुस्तकको तेस्रो संस्करण ११ हजारमा किनेको थिए ।’ उहाँले भन्नुहुन्छ । 

त्यसपछि चरा सम्बन्धी काम गर्दै जाँदा Red Data birds of Nepal को एउटा कार्यक्रममा क्यारोल इन्सकिपसँग शाहीको भेट भयो । शाही भन्नुहुन्छ, ‘ जसले लेखेको किताब बोक्दै हिडेर चराको बारेका थाहा पाए , उहाँसँग भेट हुनु एक सुखद संयोग हो । त्यसपछि उहाँसम्म निरन्तर रुपमा कुराकानी हुन्छ । बर्दिया आउँदा मैले सञ्चालन गरेको रोयल टाइगर कटेजमा बस्नु हुन्छ ।’

चराको संरक्षणका लागि राज्यको लगानी भएन

बर्दिया घुम्न आउने अंधिकाश पर्यटकको रोजाइमा बर्दिया राष्ट्रिय निकुञ्ज रहेको छ । निकुञ्जभित्र सजिलै देख्न सकिने, बाघ, गैडा, हात्ती, बाहसिङे, लगायतका जनावर देख्न पाइने भएकोले पर्यटकको रोजाइ निकुञ्ज रहेको हो । 

त्यसैगरी निकुञ्जभित्र देख्न सजिलै देख्न पाइने विभिन्न प्रजाती चराहरुको बारेमा प्रचारप्रसार नहुँदा पर्यटकको रोजाइमा चरा पर्न सकेको छ्रैन् । नेपालमा पाइने ८ सय ९७ प्रजातिका चरा मध्ये बर्दियामा ५ सय १३ प्रजातीका चरा पाइने शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘चराको पनि अन्य ठूला जनावरको झैँ संरक्षण र प्रचारप्रसार हुन सके अझै पर्यटकको संख्या बढाउन सकिन्छ । चराहरु विभिन्न प्रकार र रंङका हुन्छन् , अन्य जनावर भन्दा पनि चरासँगसँगै मानिस बस्दै आएको छ । त्यसकारण चराको संरक्षण र प्रचारप्रसार गरौँ भन्दै आएको छु ।’

चरा देखाएर देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न सक्ने भएकाले चराको प्रचारप्रसारमा बिशेष ध्यान दिन जरुरी रहेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ , ‘ ल अफ द जंगल, वल्र्ड विग क्याट्स, बर्दिया राष्ट्रिय निकुञ्ज जस्ता डकुमेन्ट्री भिडियो निर्माण गरी निकुञ्जको बारेका प्रचारपसार गरिएको छ । जसरी बर्दियालाई बाघ पाइने क्षेत्रको रुपमा विश्वले चिन्यो, त्यसैगरी ५ सय १३ प्रजातीको चरा पाइने क्षेत्रको रुपमा विश्व सामु बर्दिया चिनाउने सपना छ ।’


राज्यले चरा संरक्षणका लागिल ध्यान खासै ध्यान दिन सकेको छैन् । राज्यले बाघ, गैँडा, हात्ती संरक्षणका लागि लगानी गरेपनि चरा संरक्षणका लागि ध्यान दिन नसकेको शाहीले गुनासो गर्नुभयो । 

 

शाहीले पूर्वराजा देखि राजदुतसम्मलाई घुमाए 

शाहीले पूर्वराजा ज्ञानेद्र बीरबिक्रम शाहले इजराइलका राजदुत र अन्य बिशिष्ट व्यक्तिलाई समेत निकुञ्ज घुमाउनु भएको छ ।

 शान्त र मिलनसार रमाइलो शैलीमा बोल्ने, बोल्दैबोल्दै बाबुजी भन्ने शाहीले निकुञ्ज घुम्नका लागि साहस, धैर्यता, जोखिम लिनु सक्नु पर्ने बताउनु हुन्छ । ‘ निकुञ्जभित्रको घुम्नु भनेको जोखिम लिनु पनि हो । वन्यजन्तुको कुन बेला कसरी आउँछन्, थाहा हुदैन । जनावरहरुले कुनै नीतिनियम मान्दैनन् । त्यसकारण जंगलको कुनै नियम हुदैन् । निकुञ्जमा घुम्न आउने पर्यटकलाई जङ्गल र जनावरको बारेमा थाहा हुदैन । निकुञ्जका बारेका नेचर गाइडलाई जानकारी हुने भएको जङ्गल जाँदा नेचर आवश्यक पर्छ ’, शाही भन्नुहुन्छ

प्रकृति पद प्रर्दशक तथा विद्यावारिधि गर्नेका सारथी शाही

बर्दिया राष्ट्रिय निकुञ्ज लगाएत अन्य स्थानमा गएर शाहीले प्रकृति पद प्रर्दशकको तालिम दिनु भएको छ । शाहीले बाँके,  कैलाली कञ्चनपुरमा गएर समेत प्रकृति पद प्रर्दशकको तालिम दिनु भएको हो । 

शाही जङ्गल वाक, जङ्गल सफारी, बर्ड वाचिङ्ग, राफ्टिङ्ग, टेकिङ्ग नेचर, र अब्बल प्रकृति पद प्रर्दशकको रुपमा स्थापित हुनुहुन्छ । भने चराका बारेमा विद्यावारिधि गर्न आउनेहरुलाई समेत शाहीले सहयोग गर्नु भएको छ । 

प्रकृति पद प्रदशनकोे सख्या बढाउन शाहीको योगदान महत्वपूर्ण रहेको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक रामले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ शाहीलाई चराका मात्र नभएर अन्य वन्यजन्तुको बारेमा पनि धेरै ज्ञान भएको व्यक्ति हो । मैले हात्तीको बारेमा विद्यावारिधि गर्दा समेत शाहीको सहयोग लिएको छु । उहाँको सहयोगले मलाई विद्यावारिधिको थेसिस लेख्न सहयोग पुगेको छ । विद्यावारिधि गर्ने अन्य पनि शाहीले सहयोग गर्नु भएको छ । भने बर्दियामा चरामा बारेमा धेरै ज्ञान भएको  व्यक्ति समेत शाही नै हो ।‘

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.