
कृष्णसार अनलाइन । १४ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा ३९ वर्षीय बुबालाई जन्मकैद सजायको फैसला भएको छ ।
बर्दिया जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८२ वैशाख ११ गतेको इजलासले कसुर ठहर गर्दै जन्मकैद, ५ लाख रुपियाँ जरिवाना, ५० हजार रुपियाँ क्षतिपूर्ति र २० हजार पीडित राहत कोषमा भराउने फैसला गरेको अदालतको सूचना अधिकृत अमृता केसीले बताउनु भयो ।

पीडितलाई ०८१ असार ११ गते जबरजस्ती करणी गरेको भन्दै पीडित पक्षले असार १२ गते इलाका प्रहरी कार्यालय, मैनापोखरमा उजुरी दिएको थियो । प्रहरीले घटनाका आरोपितलाई असार १२ गते पक्राउ गरेको थियो ।भने जिल्ला सरकारी वकिल कार्यालयले ०८१ असार २६ गते हाडनाता करणीको अभियोगमा मुद्धा दर्ता गरेको थियो ।


