
प्रकाश पौडेल, गुलरिया । नेपाल प्रहरी तथा शसस्त्र प्रहरीका महिलाका लागि महिला नेतृत्व, बालविवाह तथा मानव बेचविखन विरुद्ध गरिएको छ । महिला प्रहरीलाई महिला नेतृत्व, बालविवाह तथा मानव बेचविखन विरुद्ध पूर्ण ताजगी गराउने उद्देश्यले अनुशिक्षण गरिएको हो ।


शान्ति पुनस्थापना केन्द्रको आयोजनामा सोमबार महिला प्रहरीका लागि एक दिने अनुशिक्षण गरिएको थियो । अनुशिक्षण कार्यक्रम नेपाल प्रहरी तथा शसस्त्र प्रहरीका महिला प्रहरीको सहभागिता रहेको थियो ।

लुम्बिनी प्रदेश सांसद मालती सोडारीले समाज घट्ने अधिकांश घटनामा महिला तथा बालबालिका पीडित हुने भएकोले महिला प्रहरीलाई सक्षम बनाउन आवश्यक भएकोले कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाँले प्रदेश सरकारले शान्ति पुनस्थापना केन्द्रसँग सहकार्य गरेर महिला नेतृत्व, बालविवाह तथा मानव बेचविखन विरुद्ध अनुशिक्षण गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ यस्ता कार्यक्रमले महिला प्रहरीलाई नेतृत्वमा पुर्याउन समेत मदत गर्छ । समाज घट्ने हरेक घटनाको अनुसन्धान प्रहरीले गर्ने भएकोले भएकोले अनुशिक्षण कार्यक्रमले उहाँको कार्यक्षमता थप उर्जा थप्ने छ ।’

शान्ति पुनस्थापना केन्द्रकी संयोजन सपना शर्माले नेपाल प्रहरी र शसस्त्र प्रहरीका महिला सहभागिता बढ्दै गएको बताउनु भयो । उहाँले महिला प्रहरीको सहभागिता बढेसँग कुनै घटना पीडित भएकोले महिलाले आफ्नो समस्या सहज रुपमा राख्न सक्ने भएकोले पनि महिला प्रहरीको नेतृत्व स्थापित गर्न जरुरी रहेको बताउनु भयो ।



