
कृष्णसार अनलाइन । महिलाको नेतृत्व विकासका लागि तीन दिने नेतृत्व विकास तालिम दिइएको छ । बढैयाताल गाउँपालिका तथा बाँसगढी नगरपालिकाका २६ जना माहिलालाई नेतृत्व विकास तालिम दिइएको हो ।
बाँसगढी नगरपालिका भएको स्थानीय अधिकार कार्यक्रम अन्तर्गत जेठको ५ गते देखि ७ गतेसम्म नेतृत्व विकासका तालिम भएको थियो । युवा महिला अभियन्ताहरूको क्षमता विकास गर्नका लागि तालिमको आयोजना गरिएको कमैया महिला जागरण समाज नेपालकी अध्यक्ष कृष्णी थारूले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ पछिल्लो समयमा महिला रणनिति देखि लिएर सामाजिक संस्थासम्मको नेतृत्वमा स्थापित हुनु भएको छ । यस्ता तालिम पनि नेतृत्वमा हुन सहयोग हुने भएकोले दुई पालिकाका महिलाका लागि तालिम आयोजना गरिएको हो ।’


कमैया महिला जागरण समाज नेपालको आयोजना र एक्सन एडको नेपाल सहकार्यमा स्थानीय अधिकार कार्यक्रममा नेतृत्व विकास तालिम दिइएको हो ।


