
ज्ञानेन्द्रराज पोखरेल, बढैयाताल । बढैयाताल गाउँपालिकामा राजस्व परामर्श समिति तथा पालिकाभित्र रहेका व्यापारी बीच राजस्व तथा कर सम्बन्धी अन्तरक्रिया गरिएको छ । आगामी आर्थिक वर्षमा लागू हुने राजस्व तथा कर सम्बन्धी शुक्रबार पालिकाको सभाहलमा अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश सहभागीले अन्य पालिकामा भन्दा बढैयाताल गाउँपालिका बढी कर भएको बताएका थिए । पालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले व्यवसायीले उठाएका सवालमा पालिकाको ध्यानाकर्षण भएको बताउनु भएको थियो । उहाँले पालिकाले लिने कर तथा राजस्वका विषयमा केही नमिलेको भर कार्यपालिकाको बैठकमा छलफल गरी सच्च्याउनु सकिने समेत बताउनु भएको थियो ।

पालिकाको आयोजना तथा उद्योग वाणिज्य सङ्घ बढैयाताल समन्वयमा भएको अन्तरक्रिया कार्यक्रममा बढैयाताल गाउपालिका भित्र का ५० भन्दा बढी उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो ।


