bardiyahospital

२२.२२ प्रतिशत स्वास्थ्य बिमा गर्ने महिला स्वास्थ्य स्वयंसेविका बढे

तीन पालिका गरे निःशुःल्क स्वास्थ्य बिमा 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा तीन वटा पालिकाले स्वास्थ्य बिमाको पहुँच बाहिर रहेका महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य  बिमा गर्ने भएको छ । बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, र मधुवन नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य  बिमा गर्ने भएको छ ।

भने गुलरिया नगरपालिका, राजापर नगरपालिका, बाँसगढी नगरपालिका , गेरुवा गाउँपालिका, बढैयाताल गाउँपालिकाले स्वास्थ्य बिमा गराउने विषयमा भने खासै चासो दिएको् छैन् । 

cld

कृष्णसार अनलाइनमा  ६४.२८ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविका बिमाको पहुँचभन्दा बाहिर’ शिर्षकमा समाचार  प्रकाशन हुँदा  ३५.७२ प्रतिशत महिलाहरू स्वास्थ्य बिमाको पहुँचमा रहेका थिए । तर समाचारको प्रभावले  गर्दा पालिकाले निःशुःल्क स्वास्थ्य बिमा गराउने भएपछि स्वास्थ्य बिमा गराउने ५८.५५ प्रतिशत  भएका छन् । अझै पनि ४१.४५ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविका बिमाको पहुँचभन्दा बाहिर छन् । 

गुलरिया नगरपालिका –७ की महिला स्वास्थ्य स्वयंसेविका  सरस्वती पोखरेलले स्वास्थ्य बिमा गरे पनि आर्थिक अभावले गर्दा बिमाको नवीकरण नगर्ने समस्या अझै रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ’स्वास्थ्य स्वयंसेविकाले पाउने सेवा सुविधा कम छ । त्यहीँ भएर पनि स्वास्थ्य बिमाको नविकरण नगर्ने  समस्या रहेको छ ।’
केन्द्र तथा प्रदेश सरकार वा स्थानीय तहले स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउनु पर्छ । स्वयंसेविका भएर घरखर्च चलाउन गाह्रो छ, कसरी बिमा गर्नु त्यही भएर सरकारले नै स्वास्थ्य स्वयंसेविकाको बिमा गराइदिनुपर्छ भन्ने अधिकांश स्वास्थ्य स्वयंसेविकाको माग रहेको छ । 

शहरी तथा ग्रामिण गाउँमा गएर स्वास्थ्यको बारेमा प्रचार गर्ने र सुत्केरी महिलालाई स्वास्थ्य संस्थासम्म पु¥याउन स्वास्थ्य सेविकाहरूको महत्वपूर्ण योगदान रहेको छ । तर तीनै महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य बिमाको पहुँच भन्दा बाहिर रहनु परेको छ ।

स्वास्थ्य बिमा बोर्डले महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई स्वास्थ्य उपचार गर्दा लाग्ने दस्तुरमा ५० प्रतिशत छुट दिँदै आएको स्वास्थ्य बिमा बोर्डका कार्यालय प्रमुख डिकेन्द्र बिष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘स्वयंसेविकाले छुट प्राप्त गर्नका लागि सरकारले उपलब्ध गराएको परिचय पत्र दर्ता सहयोगीलाई उपलब्ध गराउनु पर्ने हुन्छ र स्वयंसेविकालाई स्वास्थ्य संस्थामा उपचार गर्दा सहभुक्तानी पनि लाग्दैन ।’

बर्दिया पछिल्लो समय स्थानीय तहले पनि महिला स्वास्थ्य स्वयंसेविकालाई अनिवार्य स्वास्थ्य बिमा कसरी जोड्न सकिन्छ भनेर सहकार्य गरिरहेको उहाँले जानकारी दिनुभयो ।
महिला स्वास्थ्य स्वयंसेविकाहरू स्वास्थ्य बिमाको पहुँचभन्दा बाहिर हुनु गम्भीर विषय हो । बर्दिया रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य बिमाको पहुँचसम्म ल्याउन जरुरी रहेको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोर्कण गिरीले बताउनु भयो ।

उहाँले महिला स्वास्थ्य स्वयंसेविकाले प्राप्त गर्ने सेवा सुविधा स्थानीय तहले दिने भएकोले स्थानीय तहमा रहेका स्वास्थ्य शाखासँग छलफल गरी महिला स्वास्थ्य सेविकालाई स्वास्थ्य बिमाको पहुँच ल्याउन पहल गर्ने जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयको अनुसार बर्दियामा ८ सय ३७ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् । स्वास्थ्य बिमा गराउने ५८.५५ प्रतिशत  भएका छन् । अझै पनि ४१.४५ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविका बिमाको पहुँचभन्दा बाहिर छन् । पालिकाले स्वयंसेविकालाई स्वास्थ्य बिमा जोड्दै लैजानु सकारात्मक पक्ष रहेको छ ।
 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.