
कृष्णसार अनलाइन । प्रहरीले सुनसरीको कोशी गाउँपालिका – १ लौकहीबाट लागूऔषध ब्राउन सुगर सहित नौ जनालाई पक्राउ परेको छ । शुक्रबार राती लागू औषध नियन्त्रण व्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीको सयुक्त टोलीले लागूऔषध ब्राउन सुगर सहित नौ जनालाई पक्राउ परेको हो ।
भारतको वीरपुर बजारबाट लागू औषध ब्राउन सुगर खरिद गरि नेपालतर्फ शंकास्पदरुपमा पैदल तथा स्कुटरमा आउँदै गरेको अवस्थामा चेकजाँच तथा खानतलासी गर्दा ब्राउन सुगर सहित पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका – ५ का अजय चौधरीको साथमा २.४७ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । कोशी गाउँपालिका – १ का हिमाल कुमार मण्डल र करण कुमार मण्डलको साथबाट ३.२४ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । कोशी गाउँपालिका – २ का दयानन्द कुमार यादवको साथबाट १.४० ग्राम ब्राउन सुग बरामद गरिएको प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले बताउनु भयो ।

त्यस्तै पक्राउ पर्नेमा धरान उपमहानगरपालिका – १७ बस्ने विवेक विश्वकर्माको साथबाट २.१५ ग्राम ब्राउन सुगर बरामद भएको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका धरान – १७ बस्ने संगम राई र स्कुटर पछाडि बस्ने धरान १९ बस्ने सिमसन राईको साथबाट २. २३ ग्राम ब्राउन सुगर बरामद गरिएको छ ।
स्कुटरमै सवार रहेका बराहक्षेत्र नगरपालिका – ७ बस्ने कौशल कालिकोटेको साथबाट ६.५३ ग्राम ब्राउन सुगर र सोही स्कुटी पछाडि वार याकुव राईको साथबाट लागु ४.७९ ग्राम बरामद गरिएको प्रहरी उपरीक्षक तिम्सिनाले बताउनु भयो ।


