bardiyahospital

जबरजस्ती करणीको कसुरमा १ सय ७५ जनालाई कैद सजाय

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दिया जिल्ला अदालतले जबरजस्ती करणीको कसुरमा तीन वर्ष नौ महिनामा १ सय ७५ जनालाई कैद सजायको फैसला गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ देखि ०८१/८२ को चैत महिनासम्म जिल्ला अदालतमा २ सय ९२ जना जबरजस्ती करणी अभियुक्तहरू रहेका थिए । यी मध्ये १ सय ७५ जनालाई अदालतले कसुरदार ठहर गर्दै कैद सजाय, ५२ जनालाई मुद्दामा सफाइ र १५ जनाका मुद्दा मुल्तबीमा रहेको जिल्ला अदालतका स्रेस्तेदार कपिल पौड्यालले बताउनु भयो ।

cld

जबरजस्ती करणीको आरोपमा गिरफ्तार गरिएका आरोपितहरूलाई मुलुकी अपराध संहिता २०७४ अनुसार मुद्दा चलाइएको छ। जिल्ला अदालत बार एशोसिएसनका पूर्व अध्यक्ष कमलप्रसाद पाण्डेका अनुसार पहिले समाजमा डर र बेइज्जतको चिन्ताले यस्ता घटनाहरू बाहिर आँउदैन थिए। तर अहिले समाजमा अन्याय सहनु हुँदैन भन्ने जागरुकता बढ्दै गएकोले यस्ता घटनाहरू बाहिर आउन थालेको हो।

विद्यालय स्तरबाटै यौन र कानुनी शिक्षाको विषयलाई पाठ्यक्रममा समावेश गर्न आवश्यक छ। यसले महिला र बालबालिका माथि हुने यस्ता अपराधहरू घटाउन मद्दत गर्नेछ। साथै, समुदाय स्तरमा पनि यसका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको पाण्डेले बताउनु भयो ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.