bardiyahospital

बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा ११ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेका बारबर्दिया नगरपालिका – १० का ६६ वर्षीय जमिल अहमद जागा रहेका छन् । 

गत बैशाख १६ गते बनखेतवा नालामा बाख्रा चराउन गएको बेलामा आर्थिक प्रलोभनमा पारेर जागाले बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लागेको छ । बालिकाको आमाले जेठ २६ गते घटनाको बारेमा इलाका प्रहरी कार्यालय मोतिपुरमा जाहेरी दिएकी थिइन् । प्रहरीले घटनाका आरोपितलाई जेठ २६ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिनुभयो । उनले भने, ‘ घटनाका आरोपितलाई पक्राउ गरी बर्दिया जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।’

cld

बालिकाको स्वास्थ्य जाँच बर्दिया अस्पताल गुलरियामा जेठ २६ गते गरिएको छ । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.