bardiyahospital

जबर्जस्ती करणीको कसुरमा दुईजनालाई कैद सजाय

Geruwa GIF

कृष्णसार अनलाइन ।  जबर्जस्ती करणी गरेको कसुरमा दुईजनालाई कैद सजाय भएको छ। बर्दिया जिल्ला अदालतले बिहीबार जबर्जस्ती करणीको कसुरमा दुईजनालाई कैद सजाय सुनाएको हो।

न्यायाधीश मनोज श्रेष्ठको इजलासले १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा गुलरियाका ३२ वर्षीय शिवप्रसाद थारूलाई १२ वर्ष कैद सजाय, ५ लाख रुपैयाँ जरिवाना, ५० हजार रुपैयाँ क्षतिपूर्ति र २० हजार पीडित राहत कोषमा भराउन फैसला गरेको जिल्ला अदालतकी शाखा अधिकृत अमृता केसीले बताउनु भयो । 

cld

थारूले बालिकालाई ०८१ फागुन २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २२ गते प्रहरीमा उजुरी दिएको थियो। प्रहरीले घटनाका आरोपितलाई २२ गते नै पक्राउ  गरेको थियो।

त्यसैगरी, न्यायाधीश डल्लुराम चौधरीको बिहीबारकै इजलासले १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बाँसगढी नगरपालिकाका २१ वर्षीय कृष्ण शाहीलाई १८ वर्ष कैद सुनाएको छ। उनलाई सात लाख रुपैयाँ जरिवाना, ५० हजार रुपैयाँ क्षतिपूर्ति र २८ हजार पीडित राहत कोषमा भराउन फैसला भएको जिल्ला अदालतकी शाखा अधिकृत केसीले जानकारी दिनुभयो । 

शाहीले  बालिकालाई ०८० माघ ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ६ गते प्रहरीमा उजुरी दिएको थियो।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.