bardiyahospital

बढैयाताल गाउँपालिकाको  नीति तथा कार्यक्रम गाउँसभाबाट पारित 

Geruwa GIF

ज्ञानेन्द्र पोखरेल, मैनापोखर ।  बढैयाताल गाउँपालिकाको नीति तथा कार्यक्रम पारित गरेको छ । पालिकाले आर्थिक बर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रम पारित गरेको हो ।
सोमबार १७ औँ सभाबाट  पालिकाका अध्यक्ष हिमालय त्रिपाठीले प्रस्तुत गरेको  नीति तथा कार्यक्रम गाउँसभाले पारित गरेको थियो । सभाले प्रकोप नियन्त्रण विपदमा  तत्काल राहत व्यवस्थापन गर्ने, पालिका भित्र रोजगारी सिर्जना गर्ने, कृषि शिक्षा स्वास्थ्य पर्यटनलाई प्राथमिकतामा राखेको छ ।

दिगो तथा गुणस्तरीय पूर्वाधार विकास, उत्पादन तथा स्वरोजगारमुखी आर्थिक विकास, सुशासन तथा संस्थागत विकास लक्ष्य सहितको  नीति तथा कार्यक्रम  ल्याइएको पालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ पालिकाले  निशुल्क स्वास्थ्य सेवालाई भरपर्दो र विश्वसनीयता बनाउन आवश्यक स्रोत र साधनको व्यवस्थापन समेत गरिने छ । , कृषिमा उत्पादन बढाई आत्मनिर्भर बनाउन जग्गालाई  चक्लाबन्दी   पकेट क्षेत्र बनाई उत्पादन बढाउन सबै वडाहरूमा कृषि प्राविधिक तालिम र कृषि औजारको प्रयोग वाट कम लागतमा  उत्पादन हुने  नीति अवलम्बन गरिने छ । स्थानीयलाई सामाजिक आर्थिक , सांस्कृतिक समृद्धिका  लागि पारदर्शिता र उत्तरदायी सरकारको अनुभुति हुने गरी जन आँकाक्षा पुरा गर्ने स्थानीय सरकार लागी पर्ने छ । ’

cld

पालिकाले धार्मिक क्षेत्र केन्द्र पर्यटकीय,  ताल तलैया सिमसार क्षेत्र संरक्षण विकास प्रर्वद्धन गरी   एक वडा एक पर्यटकीय गन्तव्य को नीति कार्यान्वयन गरिने छ ।
सुशासन तथा दिगो विकासका लागि आत्मसात गर्दै सेवा प्रवाह लाई छिटो छरितो ढङ्गले सञ्चालन हुने वातावरण बनाई भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने नीति मा उल्लेख गरिएको छ।

उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक लक्ष्मी कुमारी अधिकारी ले गाऊ सभामा प्रस्तुत गरेकी थिइन्  भने   उक्त न्यायिक समिति को प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिने कार्य सम्पन्न भै आजै गाऊ समाको बहुमतले नीति तथा कार्यक्रम र न्यायिक समितिको प्रतिवेदन समेत पारित गरी   घोषणा गरि गरिए संगै आजको गाऊ सभा समापन भएको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.