bardiyahospital

बढैयाताल गाउँपालिकाको बजेट सार्वजनिक

Geruwa GIF

ज्ञानेन्द्र पोखरेल, मैनापोखर । बढैयाताल गाउँपालिकाले मङ्गलबार बजेट सार्वजनिक गरेको छ । पालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ९६ करोड २५ लाख ४३ हजार ९ सय  ४५  रुपैयाँको बजेट सार्वजनिक गरेको हो । 

पालिकाले  चालु तर्फ ४० करोड ६० लाख   र पुँजीगत तर्फ ३० करोड ६५ लाख ४३ हजार ९ सय ४५ रुपैयाँ र दायित्व तर्फ  २५ करोड रुपैयाँ  गरी बजेट प्रस्ततु गरेको छ ।पालिकाले  शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन , सूचना र प्रविधि, लघुउद्यम  र कृषिलाई विशेष प्राथमिकता दिएर बजेट विनियोजन गरेको पालिकाकी उपाध्यक्ष लक्ष्मी  कुमारी अधिकारीले बताउनु भयो ।

cld

पालिकाले  सूचना र प्रविधिका लागि  १५ लाख रुपैयाँ , लघुउद्यम र सहकारीका लागि १३ लाख रुपैयाँ , विपत व्यवस्थापन फोहरमैला व्यवस्थापन र वातावरणका  १० लाख रुपैयाँ, स्वास्थ्यको लागी ५० लाख रुपैयाँ , शिक्षा तर्फ २ करोड ५० लाख रुपैयाँ ,कृषि र पशुपक्षी ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको  उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी जानकारी दिनु भयो । यस्तै, ज्येष्ठ नागरिक र असहायलाई घरदैलोमा स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षा कार्यक्रम र्पुयाउने समेत रहेको छ बजेट विनियोजन गरिएको बताउनु भयो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.