
कृष्णसार अनलाइन । बर्दियामा लागूऔषध ब्राउन सुगर सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ब्राउन सुगर सहित बैजनाथ गाउँपालिका –७ का २४ वर्षीय सरोजकुमार चौधरी र भारत बहराइच जिल्ला मोतिपुर थाना बलई गाउँका १८ वर्षीय रवि चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
सीमावर्ती बजार बलेगाउँबाट बढैयाताल गाउँपालिका –२, फुटाहाबाट प्रहरीले ४७० मिलिग्राम ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको जनाएको थियो । पक्राउ परेका दुवै जनालाई मङ्गलबार बर्दिया जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिनुभयो ।



