विद्यालयमा बालबालिकालाई दिवा खाजा बनाउन प्रयोग हुँदै आएको भवनको छानो नहुँदा खाजा बनाउन समस्या हुने गरेको छ । विद्यालयमा करिब २ सय ३० जना विद्यार्थी रहेका छन् । जसमध्ये १ सय ३० जनाका लागि दिवा खाजा बनाइन्छ ।  हावाहुरीले छानो उडाएपछि चौरमा खाजा बनाउन थालिएको छ । अत्याधिक गर्मी र वर्षायामको समय भएकाले खाजा बनाउन समस्या हुने गरेको प्रधानाध्यापक हितराज सुवेदीले बताउनु भयो ।