
प्रकाश पौडेल, गुलरिया । बिहानैदेखि चर्को घाम लागेको छ । त्यहीँ भएर शरीरबाट पसिनाको धारा बगेको छ । यहाँ गर्मीको कसैलाई प्रवाह छैन् । प्रवाह छ केवल कति बेला निकुञ्जभित्र सफारी गर्ने भन्ने कुराको । बर्दिया राष्ट्रिय निकुञ्जको गेटमा एउटा गाडीका छ । त्यहीँ गाडीमा केही पर्यटकहरू छन् । ‘ आज गर्मी भएकोले बाघ देखिने सम्भावना छ ।’ भन्दै हुनुहुन्थ्यो , ठाकुरबाबा नगरपालिका – ९ हात्तीसारका २३ वर्षीय रामराज ढकाल ।


प्रकृति पद प्रदर्शक ढकालले निकुञ्ज आउने स्वदेशी तथा विदेशी पर्यटकलाई निकुञ्ज घुमाउने काम गर्नुहुन्छ । उहाँको दिनचर्या प्रायः निकुञ्ज घुम्न आउने पर्यटन घुमाएर बित्ने गर्छ । निकुञ्ज घुम्न आउन आउने पर्यटनको चाहना अनुसारले जिप सफारी, बर्ड वाचिङ, र्याप्टीङ, जंगल टेडिङ , लगायतका काम गर्नु हुन्छ । गाडीमा चलाउने भएकोले पनि निकुञ्ज जाँदा आफैँ गाडी समेत चलाउनु हुन्छ । वन र वन्यजन्तु भन्ने बितीकै रमाइलो मान्ने ढकालको निकुञ्ज घुम्न जाँदा आफ्नो धेरै अनुभव सुनाउनु हुन्छ ।

निकुञ्ज भित्रको बगौरा फाँटामा जाने क्रममा बाघ हात्ती र गैँडाको कयौँ कथाहरू सुनाउँदै पर्यटक घुमाइ रहनु भएको थियो । पुराना कुरा सम्झदै ढकालले भन्नुभयो, ‘ जिन्दगीमा जङ्गली जनावरसँग भेट हुँदाको कयौँ स्मरणीय क्षणहरू छन् । त्यसमध्ये पनि केही पलहरू अझै स्मरणीय छन् । एक पटक एउटा टिम डकुमेन्ट्री बनाउन आएको थियो । त्यो टिम लिएर जङ्गल सफारी गएको थिए । प्रायः बाघ देखिने ठाउँमा बसेर बाघ हेरिरहेका थियौ ।त्यहीँ बेला हाम्रो गाडीको छेउबाट एउटा बाघ हिडेर गयो । बाघमा छेउबाट गएपछि डकुमेन्ट्री बनाउने क्यामरा म्यान नदीमा हाम हाले । उहाँलाई निकालेर गाडीमा हाल्दा उहाँ डरले कामिरहनु भएको थियो । उहाँ यति डराउनु भएछ कि अब निकुञ्ज कहिले आउँदिन भन्न थाल्नु भयो ।’

बर्दिया राष्ट्रिय निकुञ्जमा भित्र दुर्लभ पाटेबाघ ,हात्ती, गैँडा, बाह्रसिङे ओत, घडियाल गोहीका, सयौँ सङ्ख्यामा देखिने मृग चितल परिचित छ । भने यहाँ विभिन्न प्रजातिको चरा समेत पाइन्छ । पर्यापर्यटनको दृष्टिकोणले बर्दिया अति महत्वपूर्ण मानिन्छ । निकुञ्जभित्र बग्ने कर्णाली नदीको पानीमा र्याप्टिङ अझै साहसिक मानिन्छ ।

निकुञ्ज भित्र देखिने हात्तीको बथान अर्को महत्वपूर्ण पक्ष हो । यहीँ निकुञ्जभित्र पाइने जैविक बिबिधतालाई हेर्न वर्षेनी देश विदेशबाट पर्यटन आउने गर्छन् । त्यहीँ जैविक बिबिधता हेर्न पर्यटन आउने भएको हुँदा त्यहाँ पर्यटन उधोग समेत फस्टाएको छ । कयौँले रोजगारी पाएका छन् । बर्दियामा पर्यापर्यटन उद्योगको सम्भावना रहेको भएपनि प्रचारप्रसार कर्मी, विदेशी पर्यटकलाई लाग्ने हवाइ जहाजको दोब्बर भाडाले पनि निकुञ्जमा आउने विदेशी पर्यटक संख्या कम छ ।

पहिलाको तुलनामा पछिल्लो समय निकुञ्ज आउने पर्यटन बढेको ढकालले बताउनु भयो । उहाँले भन्नुभयो , निकुञ्ज घुम्न आउने मध्ये सबैभन्दा धेरै स्वदेशी पर्यटक आएको पाएको छु । प्रायः निकुञ्ज घुम्न आउने पर्यटकको रोजाई बाघ हेर्ने हुन्छ । तर बाघ लजालु स्वभावको भएकोले बाघ हेर्न धैर्य गर्नुपर्छ । बाघको कोर एरिया हुने भएकोले धैर्य गरेर बसेमा बाघ देख्न सकिन्छ । बाघ लजालु स्वभावको हुने भएकोले बाघ मानिस देख्ने बितीकै लुक्ने गर्छ । तर सामाजिक संजालमा बर्दियामा बाघले मान्छे खान्छ भनेर प्रचारप्रसार भएको देख्छु । त्यस्तो प्रचारप्रसार देख्दा दुस्ख पनि लाग्छ । दुर्घटना भन्ने कुरा जहाँ पनि हुन्छ । त्यसकारण बाघको आक्रमणबाट हुने मृत्यु पनि दुर्घटना नै हो ।

उहाँले भन्नुभयो,‘बच्चा भएको बाघको आमासँग जंकाभेट भएमा , प्रजनन समयमा , एक्कासी भेट भएमा र बूढो र घाइते भएको अवस्था मात्र बाघले आक्रमण गर्छ । प्रायः बाघको आक्रमण गरेको घटना हेर्ने हो भने बाघको कोर एरियामा मात्र घटना घटेको छ । संरक्षणको काम आफैंमा चुनौती पुर्ण छ । त्यसमाथि सामाजिक संजालमा हुने अनेक टिकाटिप्प्णी संरक्षणकर्मीको मनोबल कमजोर पार्ने काम गर्छ। हामीले यो बुझ्न जरुरी छ कि वन जङ्गल बन्यजन्तुको घर हो । अनि उनीहरूको घरमा जाँदा आफूलाई असुरक्षित मानेर आक्रमण गर्छ । भन्ने बुझाउन सक्ने हो भने मात्र पनि मानव वन्यजन्तु द्वन्द कम गर्न सकिन्छ । र मानव वन्यजन्तु सहअस्तित्व कार्यम गर्न सकिन्छ ।’

निकुञ्ज आसपासमा वन्यजन्तु संरक्षण गर्नुपर्छ भन्ने बुझाइ छ । कयौँ मानिसहरु संरक्षणको लागि काम गरिरहनु पनि भएको छ । केही ठाउँमा घर पालुवा जनावर र जङ्गली जनावरसँगसँगै चरि चरण गरेको समेत देखिन्छ । त्यहाँ मानिसहरुलाई जनावर आनीबानी थाहा भएको कारण मध्यवर्ती क्षेत्रमा वनमा सहज रुपमा आवतजावत गर्न सक्छन् । वनजन्तुको संरक्षणका त्यहाँका मानिसले गरेको योगदान महत्वपूर्ण रहेको छ । भने निकुञ्ज गर्दा नै ढकालले पर्यटक घुमाउने काम देखि लिएर वन्यजन्तुको उद्दार तथा सचेतना मूलक काम गरिरहनु भएको छ । जिन्दगीलाई जोखिममा राखेर साहसिक यात्रामा गर्न रुचाउने ढकाल केही युवा पुस्ताका लागि प्रेरणाको स्रोत समेत बन्नु भएको छ ।


