
कृष्णसार अनलाइन । बर्दियाको गुलरियामा भएको सडक दुर्घटनामा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । सडक दुर्घटनामा परी भारतको जिल्ला बहराइच ग्राम मिहिपुरवाका ६५ वर्षीय गुरमुख सिंहको मृत्यु भएको हो ।
रम्भापुर रजनहवा सडक खण्डको जिल्ला समन्वय समिति कार्यालय नजिक साढे २ बजे सिंहले चलाएको भारतीय नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोकिएको थियो । दुर्घटना भए लगतै उपचारको लागि सिंहलाई अस्पताल लगिएको थियो । उपचारका क्रममा आइतबार दिउँसो सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपालले बताउनु भयो । सिंहले गुलरिया नगरपालिका –८ कोठिया गाउँमा पन्जाब डिजल वर्कसप सञ्चालन गर्दै थिए ।


