bardiyahospital

पालिकाको स्कर्पियो १० महिनादेखि ग्यारेजमा, मासिक ८५ हजार भाडा तिरेर निजी गाडी चढ्दै

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बढैयाताल गाउँपालिकाको स्कारपियो गुलरिया नेपालगञ्ज सडक खण्डको भोलागौडी चोकमा असोज १८ गते दुर्घटना भएपछि मर्मतका लागि लगिएको स्कारपियो करिब १० महिना हुँदा पनि ग्यारेजमा थन्किएको छ ।

पालिकाको भे१झ २६४ नम्बरको स्कार्पियो दुर्घटना भएलगत्तै नेपालगञ्जमा लगिएको थियो । चालकले रक्सी खाएर गाडी चलाएपछि दुर्घटना भएको थियो । जसका कारण बिमा कम्पनीले मर्मतका लागि भुक्तानी गर्न समेत मानेको छैन् । गाडी मर्मतका लागि पैसा कसले दिने भन्ने अन्यौलका कारण स्कारपियो ग्यारेजमै थन्किएको हो ।

cld

कार्यपालिकाका सदस्यहरूले दुर्घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग राखेपछि कार्यपालिकाको बैठकले २० असोजमा वडा नम्बर ५ का अध्यक्ष तुलाराम चौधरीको संयोजकत्वमा वडा नम्बर ६ का अध्यक्ष शुक्रराज सापकोटा र कार्यपालिका सदस्य चन्द्रकला बिक सदस्य रहने गरी छनबीन समिति गठन भएको थियो ।

सत्यतथ्य छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन थियो । तर समितिका संयोजक चौधरीले कार्यादेश नपाएको भन्दै २ कार्तिकमा राजिनामा दिएका थिए ।अहिले जनप्रतिनिधिहरु नै स्कर्पियो दुर्घटनाको बिषयमा चुपचाप छन् । पालिकाले भे१च ३६२० नम्बरको निजी स्कार्पियो भाडा लिएर मासिक मासिक ८५ हजार रुपैयाँ तिरिरहेको छ ।

२० माघदेखि स्कार्पियो भाडामा लिएको स्टोर किपर रमेश डाँगीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘स्कार्पियो मर्मत गर्नका लागि बिमा कम्पनीले भुक्तानी दिन मानेको छैन् । पालिकामा गाडी नभएकोले असार मसान्तसम्मका लागि गाडी भाडामा लिएको छ ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.