bardiyahospital

यस बर्ष खुलेन जब्दीघाट पुलको ठेक्का, पुनः श्रोत सहमती लिनु पर्ने 

Geruwa GIF
यज्ञप्रसाद सापकोटा, बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका र सदरमुकाम जोड्ने जब्दीघाट पुल निर्माणका लागि सरकारले बजेट सुश्चितता गरेपनि ठेक्का प्रक्रिया अगाडी नबढ्दा निर्माण अनिश्चित भएको छ । गत पुषको अन्तिम साता गुलरिया नगरपालिका वडा ४ र बारबर्दिया नगरपालिका वडा नं ५ जेड्ने पक्की पुल निर्माणको नाममा बजेट सुनिश्चितता गरेको थियो ।
cld
पुल निर्माणका लागि रकम सुश्चितता गरेपनि ६ महिना सम्म ठेक्का प्रक्रिया सुरु नभएपछि पुल निर्माणको विषय अन्योलमा परेको छ । चालु आर्थिक बर्षमा पुल ठेक्का नखुलेपछि अर्को आर्थिक बर्षमा पुनः स्रोत सुनिश्चितता लिनुपर्ने व्यवस्था छ । आगामी आर्थिक बर्षमा फेरी अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेपछि मात्र पुल निर्माणको प्रक्रिया सुरु हुन्छ ।
सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नरेन्द्र भट्टले पुल निर्माण प्रक्रियाको काम अब फेरी शुन्यबाट सुरु गर्नुपर्ने बताउनु भयो । सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँले इस्ट्याण्डर्ड विडिङ्ग डकुमेन्ट ढिला गरी बनाएको हुनाले चालु आर्थिक बर्षमा ठेक्का खोल्न नसकिएको बताउनु भयो । स्रोत सहमति आए लगत्तै विडिङ्ग डकुमेन्ट निर्माणका लागि पठाइएको भएपनि केहि दिन अघि मात्र डकुमेन्ट आएको बताउँदै अब ठेक्का खोल्न सम्भव नभएको बताउनु भयो । पुल निर्माण  ‘डिजाइन एण्ड व्युल्ड मोडलमा हुने भएको हुनाले ट्याण्डर्ड विडिङ्ग डकुमेन्ट बनाउनु पर्ने हुन्छ ।’
‘अब स्ट्याण्डर्ड विडिङ्ग डकुमेन्ट निर्माणका लागि कुर्नु पर्दैन ।’  प्रमुख भट्टले भन्नु भयो –‘डकुमेन्ट बनिसकेको हुनाले फेरी स्रोत सहमति आए लगत्तै ठेक्का प्रक्रिया अगाडि बढाउँछौँ ।’
अर्थ मन्त्रालयले जब्दीघाटमा अर्को पुल निर्माणका लागि एक अर्ब एक करोड २९ लाख रकमको स्रोत सुनिश्चितता गरेको थियो । जसमध्ये चालु आर्थिक बर्षका लागि एक करोड रकम विनियोजन गरेको थियो भने आगामी आर्थिक बर्षको लागि ११ करोड रकम विनियोजन गरिएको छ ।
जब्दीघाट पुल निर्माणका लागि बजेट सहमति आउँदा हर्षित भएका बर्दियाबासीहरू निराश भएका छन् । बजेट सुनिश्चितता भएपछि पुलको काम सुरु हुन्छ भन्ने सोचेको थिएँ बारबर्दिया नगरपालिका वडा नं ५ का वडाध्यक्ष लालबहादुर चौधरीले बताउनु भयो । उहाँले पुल नहुँदा बारबर्दिया नगरपालिकाका हजारौँ जनता सदरमुकामको सहज पहुँचबाट वञ्चित हुनु परेको बताउनु भयो ।
पक्की पुल नहुँदा जब्दीघाट भएर आवत जावत गर्ने बर्दियाबासीहरू मर्कामा परेका छन् । बारबर्दिया नगरपालिकालाई सोझै सदरमुकाम गुलरियासँग जोड्नका लागि पुल निर्माण हुनु आवश्यक छ । बारबर्दिया नगरपालिकाको कार्यालय देखि सदरमुकाम गुलरिया पुग्नका लागि जम्मा १२ किलोमिटर सडक रहेको छ तर पुल नहुँदा चारपाङ्ग्रे सवारी साधनलाई करिब ३० किलोमिटर दुरी पार गर्नु पर्दछ भने साइकल, मोटरसाइकल र  पैदल यात्रीलाई शुल्क तिरेर डुङ्गाको जोखिम पूर्ण यात्रा गर्नुपर्दछ । केही समय अगाडि सम्म काठको पुलमा शुल्क तिरेर यात्रा गरिरहेका बारबर्दियाबासीले नदीको बहाव बढेपछि डुङ्गाको यात्रा  गरिरहेका छन् ।
पप्पु कन्ट्रक्सनले निर्माणको जिम्मा लिएर निर्माण निर्माण भई हस्तान्तरण नहुँदै वि.स. २०७४ सालको बाढीले बबई नदिको जब्दीघाटको पुल भासिएपछि स्थानीयवासीको खुसी निराशामा परिणत भएको थियो । भासिएपनि जोखिम मोलेर साना सवारी साधन मानिसहरू यात्रा गरीरहेका थिए तर २०७९ सालको बाढीले पुललाई पुर्णरुपमा बगाएपछि  स्थानीयवासीहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
online dubble sclaed
Leave A Reply

Your email address will not be published.