
कृष्णासार अनलाइन । बर्दियामा लालपुर्जा वितरण सुरु गरिएको छ । पहिलो पटक भुमि समस्या समाधान आयोगले बाँसगढी नगरपालिकाका १३ र गुलरिया नगगरपालिकाका ४० गरि ५३ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
बाँसगढी नगरपालिका वडा नं ४ पहाडीपुरका तीन घरपरिवार भुमिहिन् दलित र १० घरपरिवार भुमिहिन सुकुम्बासीलाई जग्गा वितरण गरिएको छ भने गुलरिया नगरपालिका वडा नं ४ कैलाशनगरका २९ घरपरिवार भुमिहिन दलित र ११ घरपरिवार भुमिहिन सुकुम्बासीलाई जग्गा वितरण गरिएको छ ।
गुलरिया नगरपालिकाका ४० घरपरिवारलाई ७ हजार ७ सय २७ वर्ग मिटर र बाँसगढी नगरपालिकाका १३ घरपरिवारलाई १३ हजार ४ सय २७ वर्गमिटर गरी २१ हजार एक सय ५५ वर्गमिटर जग्गा वितरण गरेको छ ।
बर्दियाको बाँसगढी नगरपालिका वडा ४ पहाडीपुरका सुर्यनाथ योगीले लामो समयको प्रतिक्षा पछि जग्गाको पुर्जा पाएको बताउनु भयो । उहाँले आँफुले जोतभोग गरेको जग्गा पाउँदा खुसी लागेको बताउनु भयाे ।

भुमि समस्या समाधान आयोगका विज्ञ सदस्य रामकृष्ण चौधरीले शुन्यबाट काम सुरु गरेर सम्पूर्ण काम सम्पन्न गरि जग्गा धनि प्रमाण पत्र वितरण गरिएको बताउनु भयो ।उहाँका अनुसार बर्दिया जिल्लामा आयोगमा ४५ हजार निवेदन दर्ता भएका छन् । जसमध्ये १३ हजार ५ सय भुमिहिन् सुकुम्बासी रहेको र ३१ हजार ५ सय अव्यवस्थीत बसोबासी रहेको उहाँले बताउनु भयो । त्यसैगरी आयोगको पछिल्लो सुचना अनुसार राजापुर नगरपालिकाका तीन सय २० ओटा बाहल विटौरी जग्गा वितरणका लागि निवेदन दर्ता भएका छन् ।


