
प्रकाश पौडेल,गुलरिया । बर्दियामा प्रहरीले लागू औषध ब्राउन सुगर र चरेस सहित दुईजनालाई पक्राउ गरेको छ । लागू औषध ब्राउन सुगर र चरेस सहित गुलरिया नगरपालिका –६ का ३२ वर्षीय नफिस अहमद मनिहार र सोही वडाका ३५ वर्षीय असगर अलि तेलीलाई प्रहरीले पक्राउ गरेको हो ।
बिहीबार प्रहरीले गुलरिया नगरपालिका, ७ बाटोमा शङ्कास्पद रुपमा हिँडिरहेको दुवै जनालाई चेकजाँच गर्दा लुकाइछिपाइ राखेको लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । मनिहारको साथबाट १ सय १० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो धुलो पदार्थ र तेलीको साथबाट २ ग्राम ६ सय ९० मिलिग्राम लागूऔषध चरेस जस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले बताउनु भयो ।

शुक्रबार अदालतबाट ५ दिनको म्याद लिई पक्राउ परेका दुबै जनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक डमरपालले जानकारी दिनुभयो ।


