bardiyahospital

बर्दियामा घरेलु हिंसाका दुई सय ४९ घटना, सबैभन्दा बढी गुलरियामा

Geruwa GIF

कृष्णसार अनलाइन। बर्दियामा दुई सय ४९ जना महिला घरेलु हिंसाका घटनाबाट पीडित भएका छन् । घरायसी झै– झगडा, घरमा खानबस्न नदिएको, कुटपिट गरेको, नागरिकता नबनाइ दिएको र बिवाह दर्ता नगरी दिएको  दिएर दुई सय ४९ जना महिला घरेलु हिंसाका घटनाबाट पीडित भएका छन् ।

घर परिवार भित्र वा घरेलु सम्बन्ध भएका व्यक्तिसँग गाँसिएर हुने हिंसा जन्य शारीरिक, मानसिक, यौनजन्य यातना नै घरेलु हिंसा हो । यसले गाली गर्ने तथा भावनात्मक चोट र्पुयाउने अन्य कुनै कार्यलाई समेत घरेलु हिंसाभित्र पर्दछ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा आर्थिक वर्ष २०८१/०८२ मा दुई सय ४९ घरेलु हिंसाको उजुरी दर्ता भएको थियो । जसमध्ये दुई सय ३० उजुरीमा मिलापत्र भएको भएको छ । भने १९ वटा उजुरीमा मिलापत्र हुन बाँकी रहेको छ । प्रहरीमा आएकोे मध्ये एक सय ४७ घरायसी झै– झगडा, ५५ घरमा खानबस्न नदिएको, ४३ कुटपिट गरेको ४३, ४ वटा उजुरी विवाह दर्ता र नागरिकता नबनाइको रहेको जिल्ला प्रहरी कार्यालयका डिएपी चक्रबहादुर डम्बरपालले बताउनु भयो ।

cld

पालिका अनुसार घरेलु हिंसाको संख्या हेर्दा सबैभन्दा बढी उजुरी जिल्ला प्रहरी कार्यालय गुलरियामा २०२ उजुरी परेको छ । जसमध्ये एक सय ८८ उजुरीमा मिलापत्र भएको छ । भने बाँकी १४ उजुरी सम्बन्धित निकायमा पठाइएको छ । इलाका प्रहरी कार्यालय राजापुरमा दर्ता भएका दुई २ वटा उजुरीमा मिलापत्र भएको छ । इलाका प्रहरी कार्यालय पाताभारमा दर्ता भएको एउटा उजुरीमा समेत मिलापत्र भएको छ । इलाका प्रहरी कार्यालय मैनापोखरमा दर्ता भएका १५ वटा उजुरीमा मध्ये १३ वटामा मिलापत्र भएको र दुई वटा उजुरी सम्बन्धित निकायमा पठाइएको डिएपी डम्बरपालले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय बानियाभारमा परेको नौ ९ वटा उजुमा मिलापत्र भएको छ । इलाका प्रहरी कार्यालय बगनाहामा दर्ता भएका तीन वटा उजुरीमा मिलापत्र भएको छ । इलाका प्रहरी कार्यालय ढोढरीमा दर्ता भएका १३ वटा उजुरीमा १० वटा उजुरीमा मिलापत्र भएको र तीन वटा उजुरी सम्बन्धित निकायमा पठाइएको छ । इलाका प्रहरी कार्यालय मोतिपुरमा दर्ता भएको चार वटा उजुरीमा मिलापत्र भएको पाइएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.