bardiyahospital

मानव बेचबिखनका तथा ओसारपसार विरुद्ध अभिमुखीकरण 

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध अभिमुखीकरण गरिएको छ । माइती नेपालको आयोजना बुधबार र बिहीबार मानव बेचबिखन तथा ओसारपसार विरुद्ध अभिमुखीकरण गरिएको हो । 

माइती नेपालले  बुधबार सञ्चालन गरेको अभिमुखीकरणमा गुलरिया नगरपालिकाका १२ वटै वडाको  किशोरीको सहभागिता रहेको थियो । भने बिहीबार बगलामुखी राधाकृष्ण थारू माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रछात्रालाई मानव बेचबिखन तथा ओसारपसार विरुद्ध  अभिमुखीकरण गरिएको माइती नेपालकी प्रमुख गायत्री रिमालले बताउनु भयो ।समुदायमा घटिरहेका मानव बेचबिखन तथा ओसारपसार एवं यौन शोषण , श्रम शोषणमा बालबालिका तथा महिला हिंसाका घट्नाका बारेमा  किशोरी तथा छात्रछात्रालाई  जानकारी गराइएको  बताउनु भयो ।

cld

उहाँले भन्नुभयो, ‘बालिका महिला किशोरीहरू समाज र समुदायमा बस्ने भएको हुनाले घट्ना घट्दा प्रत्यक्ष देख्ने र घट्ना घटेको हुनसक्छ । अधिकांश घटनाका बारेमा उनीहरूलाई नै थाहा हुने भएकोले उनीहरूको माध्यमबाट समुदायमा सचेतना फैलाउन सहज हुने, जसले गर्दा गाउँ घर समाज र समुदाय स्तरमा छिटै सन्देश पुग्ने भएको हुँदा किशोरी र छात्रछात्रा लक्षित गरी अभिभुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो ।’

कार्यक्रममा सहभागी  गुलरिया नगरपालिका – १ की किशोरी निलम बिकले  आफूले जानेका सिकेका कुरा आफ्नो गाउँ घर समाज र स्कुलमा समेत जानकारी गराउने र यस्ता खालका कार्यक्रमहरू विद्यालयदेखि समुदायसम्म गर्नु पर्नेमा जोड दिनुभयो । 

गुलरिया नगरपालिका  ७ की किशोरी सायना खत्री नगालले गाउँ समाजमा घटेका घट्नाहरूका बारेमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी   मानव मानव बेचबिखन तथा ओसारपसार कम गर्न सकिने बताउनु भयो । 

गुलरिया नगरपालिका की  मानिका कुसबाडियाले  मानव ओसारपसारका बारेमा माइती नेपालले सञ्चालन गरेका अभिभुखिकरण तालिमबाट धेरै कुरा जाने अवसर पाएको जानकारी दिनुभयो । उहाँले आफूले जानको  कुराहरू गाउँमा गएर साथीभाइ छरछिमेक समेतलाई बताउने र सचेतना फैलाउने  बताउनु भयो । 

मानव बेचबिखनको वर्तमान अवस्था, बेचबिखनका कारण , दलालले अपनाउने तौर तरिका, सम्भावित स्थान , प्रयोजन , जोखिम न्यूनिकरण गर्ने उपाय र कानुनी व्यवस्थाका बारेमा अभिमुखीकरण गरिएको थियो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.