bardiyahospital

सामुदायिक वनका पदाधिकारीसँग अभिमुखीकरण तथा अन्तरक्रिया

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा सामुदायिक वनका पदाधिकारीसँग अभिमुखीकरण तथा अन्तरक्रिया गरिएको छ । सामुदायिक वनका नितीगत व्यवस्था, चुनौती, पैरवी तथा वितीय व्यवस्थापनका बारेमा सामुदायिक वनमा पदाधिकारीसँग अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो

कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष बिर्ख बहादुर शाहीले पैरवीका अवधारणा, उपकरणहरू, समुदायलाई आफ्ना अधिकारका विषयमा सचेत र सक्रिय बनाउन सकिने उपायहरू, रणनीतिहरू, पैरवी योजना निर्माण प्रक्रिया, र सामुदायिक वनमा केन्द्रित ऐन तथा नियमावलीका प्रावधानको बारेमा बताउनु भएको थियो । उहाँले सामुदायिक वनका अधिकार संरक्षणका लागि सामुदायिक वन उपभोक्ता महासंघ नेपालले अपनाएका कदमहरू बारे पनि सामुदायिक वनमा पदाधिकारीलाई जानकारी दिनु भएको थियो ।

cld

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका लेखा नियन्त्रक राम प्रसाद पौडेलले सामुदायिक वनको वित्तीय व्यवस्थापन कसरी पारदर्शी र उत्तरदायी बनाउन सकिन्छ भन्ने विषयमा कार्यक्रममा सहभागिहरुलाई बताउनु भएको थियो । उहाँले समुदायिक वनले गरेका असल अभ्यासको पनि आर्थिक अभिलेख व्यवस्थित राख्न नसक्दा भविष्यमा पनि समस्या आउन सक्ने जोखिम रहेकोले आर्थिक पादर्शीताामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सामुदायिक वनले काम गर्दै जाँदा देखा परेका समस्या र तिनीहरूको सम्भावित समाधानबारे पनि सहभागीतालाई जानकारी गराउनु भएको थियो ।

सामुदायिक वनलाई संरक्षण, व्यवस्थापन र उपयोगमा सुदृढ, सञ्चालन योग्य र आत्मनिर्भर बनाउनका साथै, सञ्चालनमा देखापरेका समस्याहरू पहिचान गरी त्यसको बारेमा आधारमा पैरवी योजना तयार पार्ने र यस मार्फत सामुदायिक वनको समग्र हित र लाभका लागि दीर्घकालीन रणनीति निर्माण गर्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य भएको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष मोहम्मद कर खाँले बताउनु भयो ।
जिल्ला वन महासंघ बर्दियाको आयोजनामा साउन २५ र २६ गते गुलरियामा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । महासंघका अध्यक्ष गोपाल प्रसाद थारुको भएको कार्यक्रम वन उपभोक्ता महासंघका पदाधिकारीहरुको सहभागिता रहेको थियो । सामुदायिक वन उपभोक्ता महासंघ सङ्घीय वरिष्ठ उपाध्यक्ष बिर्ख बहादुर शाही प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा  सामुदायिक वन उपभोक्ता महासंघ नेपालद्वारा सञ्चालित सम्वर्धन परियोजनाको सहयोग रहेको थियो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.