
कृष्णसार अनलाइन । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सरोकारवाला निकायसँग अन्तरक्रिया गरिएको छ । माइती नेपालको आयोजनामा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सरोकारवाला निकायसँग अन्तरक्रिया गरिएको हो ।
माइती नेपालले आर्थिक वर्ष २०८१÷०८२ मा गरेको कामको बारेमा सरोकारवाला निकायलाई जानकारी दिएको थियो । माइतीले नेपालले नेपाल भारत सिमानाबाट दुई सय २८ जनाको उद्धार गरेको , विभिन्न घटनामा परेका तीन सय चार जनालाई संरक्षण दिएको, दुई जनालाई भारतबाट उद्धार गरेर ल्याइएको माइती नेपाल बर्दियाकी प्रमुख गायत्री रिमाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ मानव बेचबिखनमा परेका तीन वटा मुद्दामा, जबरजस्ती करणीको २० वटा मुद्दामा पीडितलाई माइती नेपालले सहयोग गरेको छ ।’

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले माइती नेपालले गरेको कामले मानव बेचबिखन रोकथामका लागि गरेको योगदानको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘ समुदाय र स्थानीयको सहयोग गर्न भएन मानव बेचबिखन रोक्न सकिँदैनन् । त्यसकारण समुदाय सचेत रहन आवश्यक रहेको छ । माइती नेपाल जस्तै अन्य सङ्घसंस्थाले पनि समाजमा सकारात्मक प्रभाव पर्ने गरी काम गर्नु आवश्यक रहेको छ ।’


