bardiyahospital

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने चार जना पक्राउ

Geruwa GIF

काठमाडौँ ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका – २६ बस्ने पर्सा बिन्दवासिनी गाउँपालिका -५ घर भएका ३७ वर्षीय तुफायल मिया जोलाहा, काठमाडौँ कीर्तिपुर नगरपालिका -५ बस्ने ५३ वर्षीय सहनसिल महर्जन, ललितपुर बस्ने रौतहट परोहा नगरपालिका -१ घर भएका २० वर्षीय बिक्रम साह र बाँके कोहलपुर नगरपालिका -१२ घर भएका २७ वर्षीया हरिकला खाँण ठकुरी थापा  रहेका छन् । 

cld

 तुफायलले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३० हजार रुपैयाँ, सहनसिलले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख २५ हजार रूपैयाँ, बिक्रमले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख १० हजार रुपैयाँ र हरिकलाले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २३ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भएको थिए । पीडितले दिएको उजुरीको आधारमा  उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले तुफायललाई  बुधबार तथा सहनसिललाई , बिक्रमलाई  र हरिकलालाई  बिहीबार पक्राउ गरेको  उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.