
काठमाडौँ । ११ वर्षीया बालिका जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका –४ बस्ने रामेछापका २१ वर्षीय हिरा तामाङलाई पक्राउ गरेको हो ।
तामाङले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी विभाग साँखुबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।


