
प्रकाश पौडेल
गुलरीया ।
नेपाल प्रगतिशील प्राध्यापक संगठन बबई बहुमुखी क्याम्पस गुलरियाको कार्यसमितिको अध्यक्षमा हरिप्रसाद जोशी चयन हुनुभएको छ । संगठनको पाचौं अधिवेशनले प्राध्यापक जोशीलाई अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनले सचिवमा बामदेब ज्ञवाली, कोषाध्यक्षमा गजै सिंह कार्की चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा मिन बहादुर चन्द, यामलाल भाट,श्याम बहादुर थारु, मुकुन्द अर्याल, सिद्दराज पाध्य, कृष्ण धिताल सर्वसम्मत चयन हुनु भएको छ ।
नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य अंगद क्षेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा कार्यवाहक अध्यक्ष हरिप्रसाद जोशीको अध्यक्षतामा भएको थियो ।


