
कृष्णसार अनलाइन । गोहीको आक्रमणबाट बर्दियामा एकजना बेपत्ता भएका छन् । गुरुवा गाउँपालिका –४ राजीपुरका २५ वर्षीय विवश थारू गोहीको आक्रमणबाट बेपत्ता भएका हुन्।
सोमबार दिउँसो ३ बजेतिर गेरुवा नदीमा भैँसीलाई पानी खुवाउन गएका थारू मगर गोहीको आक्रमणबाट नदीमा खसेका थिए। घटनालगत्तै बर्दिया राष्ट्रिय निकुञ्जको टोली, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा दिनभर खोजी गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘थारूको खोजी दिनभर गरियो। साँझ परेपछि जंगली हात्ती आएपछि फर्कियौँ। अब भोलि बिहानदेखि खोजी जारी राख्छौँ।’


