
कृष्णसार अनलाइन । बर्दियामा मानव वन्यजन्तु सहअस्तित्व, वन्यजन्तुको पहिचान र क्षति राहत तालिम दिइएको छ । मधुवन नगरपालिका, १ सूर्यपटुवामा मानव वन्यजन्तु सहअस्तित्व, वन्यजन्तुको पहिचान र क्षति राहत तालिम दिइएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा रेन्जर सन्तबहादुर मगरले मानव वन्यजन्तुको बीचमा हुने द्वन्द्वलाई न्यूनिकरण गरी मानव वन्यजन्तु सहअस्तित्व कायम गर्नका समुदायले खेल्नु पर्ने भूमिकाको बारेमा स्थानीय युवाहरूलाई तालिमा दिएको बताउनु भयो । ‘वनमा जाँदा वन्यजन्तुको पाइला, गन्ध, दिसापिसाबको ख्याल गर्नुपर्छ । सकेसम्म वनमा जाँदा समूहमा जाने, घाँस दाउरा काट्दा पनि पालोपालो काट्ने गर्नुपर्छ ।’ उहाँले भन्नुभयो, ‘वन्यजन्तुको आनीबानी वन्यजन्तुले आक्रमण गर्न सक्ने अवस्था तथा परिस्थितिको बारेमा जानकारी हुनुपर्छ । भने वन्यजन्तुको आक्रमणबाट बच्न हामीले के कस्तो उपाय अपनाउनु पर्छ त्यसको बारेमा ज्ञान हुन जरुरी रहेको छ ।’

हामीले वन्यजन्तुको चालचलन अनुसार हाम्रो बानी व्यवहारमा परिवर्तन ल्याउन सके मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण भएर मानव बन्यजन्तु सहअस्तित्व कायम गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
तालिममा मानव वन्यजन्तु द्वन्द्व हुने क्षतिको राहत पाउन के के गर्नुपर्छ भन्ने बारेमा पनि सिकाइएको थियो । मानव वन्यजन्तु द्वन्द्व सहअस्तित्व च्याम्पियन र चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका सदस्यहरूलाई तालिम दिइएको थियो । तालिममा बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती व्यवस्थापन समिति, सूर्यपटुवा उपभोक्ता समिति र चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानको समेत सहभागिता रहेको थियो ।


