दल बहादुर सुनार
बढैयाताल ।
तेस्रो बर्दिया जिल्ला पालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधिको लागि बासगढी र बारबर्दिया बिच भिडन्त हुने भएको छ । पहिलो सेमि फाईनल खेलमा आयोजक बढैयातललाई हराउदै बासगढी फाइनल खेलको यात्रा पक्का गरेको थियो ।
त्यसै गरि ३० गते भएको दोस्रो सेमि खेलमा गत बर्षको बिजेता मधुवन लाई पराजित गर्दै बारबर्दियाले फाईनल यात्रा पक्का गरेको हो । नगद १ लाख ५ हजार ५५५ र आकर्षक ट्रफी सहितको प्रथम पुरस्कार रहेको प्रतियोगिता उपाधीको लागि दुई पालिका बिच घमासन भिडन्त हुने दर्शकले अनुमान गरेका छ्न ।
” युवा र खेलकुद्को बिकास शान्ति र सद्बभाबको आभाष ” भन्ने मुलनाराका साथ बढैयाताल गाउँ पालिकाको सहयोगमा मयुर युवा क्लबले प्रतियोगिताको आयोजना गरेकाे हो । बर्दिया जिल्लाका ८ वटा पालिका ले भाग लिएको प्रतियोगिताको बढैयाताल गाउँ पालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले उद्घाटन गर्नु भएको थियोे । बढैयाताल गाउँ पालिका ८ नयाँबस्तीमा रहेकोे खेलमैदानमा फागुन २५ गते देखि संचालित प्रतियोगिताको चैत २ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।
मुख्य प्रायोजकमा बढैयातालको राधाकृष्ण राईस मिल रहेको छ भने बर्दिया जिल्ला फुटबल संघ र कालिका सामुदायिक पुस्तकालयको समन्वय रहेको प्रतियोगिता लाई सफल पार्न हाम्रो फुटबल नेपाल , स्थानीय सामुदायिक बिद्यालय तथा सस्थागत बिद्यालय, पुर्ब खेलाडी , लगायत उद्योगि ,ब्यापारीको सहयोग रहेको क्लबका अध्यक्ष तारानाथ ज्ञावालिले जानकारी गराउनु भयो ।