
कृष्ण बहादुर विश्वकर्मा , गुलरिया । देशभरि मनाइने महान चाड दशैँ ,तिहार र छठ पर्वका अवसरमा विद्यालयहरू लामो समयका लागि बन्द हुने प्रचलन छ । तर लामो बिदाले विद्यार्थीहरूको अध्ययन निरन्तरतामा असर नपरोस् भन्ने उद्देश्यले विभिन्न शैक्षिक संस्थाले पछिल्ला वर्षहरूमा परियोजना कार्यको परम्परा शुरु गरेका छन् ।
यस अन्तर्गत विद्यार्थीलाई चित्रकला, निबन्ध लेखन, विज्ञान प्रयोग, वातावरण संरक्षण, संस्कृति अनुसन्धान तथा सामाजिक सन्देश सम्बन्धित कार्यहरू दिने गरिएको छ । शिक्षा विद्वानहरूले भनाइमा यस किसिमका परियोजना कार्यले विद्यार्थीहरूका सिर्जनशील बनाउँन, अनुसन्धान क्षमता अभिवृद्धि गर्न तथा व्यवहारिक ज्ञान हासिल गर्न मदत पुर्याउँछ ।

साथै बालबालिकामा सामाजिक जिम्मेवारीबोध र सांस्कृतिक मूल्यप्रतिको समझदारी बढाउँने कार्यमा पनि यस्ता क्रियाकलाप प्रभावकारी ठहरिएका छन् । अभिभावकहरूले समेत विद्यालयको यस्तो पहललाई सकारात्मक मानेका छन् । उनीहरूको भनाइमा परियोजना कार्यका कारण बालबालिकाले दशैँ तिहार जस्ता सांस्कृतिक पर्वको महत्व बुझन पाएका छन् भने परिवार सँग बिताएको समयलाई शैक्षिक दृष्टिले समेत उपयोगी बनाउँन सकेका छन् ।
यसरी दशैँ तिहारको लामो बिदाइलाई रमाइलो मात्र नभई शिक्षा मूलक र सिर्जनात्मक रुपमा उपयोग गर्ने परियोजना कार्यले विद्यार्थीहरूलाई भविष्यमा सक्षम , जिम्मेवारी र आत्मनिर्भर नागरिक बनाउँन विश्वास गरिएको छ ।


