bardiyahospital

बर्दियामा ३२ हजार ७४६ जना बालबालिकालाई ‘ भिटामिन ए’ खुवाइँदै

Geruwa GIF

 प्रकाश पौडेल, गुलरिया । बर्दियामा ३२ हजार ७४६ जना बालबालिकालाई ‘ भिटामिन ए ’  खुवाउने तयारी गरिएको  छ । स्वास्थ्य कार्यालय बर्दियाले ३२ हजार ७४६ जना बालबालिकालाई ‘भिटामिन ए’ खुवाउने तयारी गरिएको हो । 

 ‘भिटामिन ए खुवाऔँ, बाल मृत्युदर घटाऔँ भन्ने मूल नाराका साथ देशभर बुधबार र बिहीबार ‘भिटामिन ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम रहेको छ ।राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत बर्दियामा ६ महिना देखि ५९ महिनासम्मका ३२ हजार ७४६ जना बालबालिकालाई ‘भिटामिन ए’ क्याप्सुल खुवाउने तयारी रहेको छ । भने १२ महिना देखि ५९ महिनासम्मका २९ हजार ४३७ जना बालबालिकालाई जुकाको औषधी खुवाउने तयारी गरिएको स्वास्थ्य कार्यालय बर्दियाका पोषण फोकल पर्सन जनस्वास्थ्य अधिकृत मानबहादुर नेपालीले बताउनु भयो ।

cld

उहाँले भन्नुभयो, ‘ बर्दियामा  यस पटक ‘भिटामिन ए’ क्याप्सुल र जुकाको औषधी खुवाउनका लागि  ८३६ जना महिला स्वास्थ्य स्वंयसेविकालाई परिचालन गरिएको छ । त्यसका लागि महिला स्वास्थ्य स्वंयसेविका खटिनु भएको छ । वडामा पायक पर्ने स्थानमा खोप केन्द्र राखिएको छ ।

  नेपालमा प्रत्येक वर्ष बैशाखमा ६ र ७ गते र कात्तिकको २ र ३ गते गरी वर्षमा दुई पटक भिटामिन खुवाउने कार्यक्रम गरिन्छ  । तर यस वर्ष कात्तिक २ र ३ गते बिदा परेको हुँदा कात्तिक २० र २१ गते गरिएको छ । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.