
कृष्णसार अनलाइन । बर्दियाको गुलरियामा जेनजी आन्दोलनमा केन्द्रिय कारागार काठमाडौंबाट फरार कैदीबन्दीलाई पक्राउ गरिएको छ । जेनजी आन्दोलनमा केन्द्रिय कारागार काठमाडौंबाट फरार भएकी कोहलपुर नगरपालिका वडा नं १२ बस्ने ४४ वर्षीया सिता खत्रीलाई पक्राउ गरिएको हो ।
आन्दोलनको क्रममा फरार रहेकी कैदीबन्दीलाई प्रहरीले आइतबार लुकिछिपी हिँडिरहेको अवस्थामा गुलरिया बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिनुभयो ।

खत्रीले अझै ४ वर्ष कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । खत्री बैकिङ कसुरमा सजायमा भुक्तान गरिरहेकी थिएन ।


