
कृष्णसार अनलाइन । बर्दियामा सडक दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । सडक दुर्घटनामा परी बासगढी नगरपालिका– ६ , ३६ वर्षीय हिमबहादुर थारूको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।
शुक्रबार करिब साढे बजे समयमा बाँसगढी नगरपालिका, ७ स्थित भित्री सडकमा खण्डको वनबगियाबाट मोतिपुर जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको थियो ।
मोटरसाइकलको पछाडि बस्ने २० वर्षीया दिलिप थारूलाई सामान्य चोट पटक लागेको थियो । भने मोटरसाइकल चालकको सामान्य उपचार कौशिल्या मेडिकलमा गरी थप उपचार गर्ने कोहलपुर लैजाने क्रममा करिब साढे छ बजे अस्पतालले थारूको मृत्यु भएको जनाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका नायब निरीक्षक तथा सूचना अधिकारी राघवसिंह राठौर जानकारी दिनुभयो ।


